अहिले तरंगमा

Nepali Bahas

केहि छिनमा

Goodmorning Aandhikhola

समाचार

ढुङगानाको ७औँ दिनको पुण्यतिथि शोकसभा

 
 
रेडियो आँधीखोला,
वालिङ ९ पौष ।
नेकपाका त्रियाशिल सदस्य हुमनारायण ढुङगानाको ७औँ दिनको पुण्यतिथिमा सोमबार उहाँकै निवासमा शोकसभा गरिएको छ । नेकपा जिल्ला कमिटि र भेषजराज साहित्य प्रतिष्ठान वालिङले वालिङ ११ अमलेस्थित स्व. ढुङगानाकै निवासमा शोकसभा गरेको हो । शोकसभामा बोल्दै नेकपाका युवा नेता कृष्ण खांणले स्व. ढुङगानाको निधनले पार्टीमा अपुरणीय क्षति पुगेको भन्दै उहाँ एक निष्ठावान, कर्तव्यनिष्ठ व्यक्तित्व रहनुभएको भन्दै उहाँको चिरशान्तीका कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभयो । 
कार्यक्रममा समाजसेवी शोभाकान्त पौडेलले स्व. ढुङगानाप्रति भावपुर्ण श्रद्धान्जली व्यक्त समवेदन प्रकट गर्नुभयो । नेकपाका नेता उदय श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालन यमकान्त खनाल र धन्यवाद स्व. ढुङगानाका दाजु खिमनारायण ढुङगानाले गर्नुभएको थियो । स्व. ढुङगानाको ६८ वर्षको उमेरमा यही पौष ३ गते निधन भएको थियो । उहाँको श्रीमती, ३ छोरा र २ छोरी रहनुभएको छ । श्रद्धान्जली कार्यक्रममा नेकपाका नेता कार्यकर्ता तथा भेषजराज साहित्य प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...