अहिले तरंगमा

Nepali Bahas

केहि छिनमा

Goodmorning Aandhikhola

समाचार

ल्होसार मनाउने क्रममा रहेका गुरुङ समुदायमा निरासा

news

रेडियो आँधीखोला,
वालिङ १० पौष ।
गुरुङहरुको महान पर्व ल्होसार पर्व नजिकिदै गर्दा स्याङ्जाका गुरुङ् समुदायमा निरासा छाएको छ । विविध कार्यक्रम सहित ल्होसार पर्व मनाउन लागेका स्याङ्जाका गुरुङ समुदायहरु सरकारले अन्याय गरेको भन्दै निरास भएका हुन् । कुकुर वर्गको विदाई र मृग वर्गको स्वागत गर्ने ल्होसार पर्वको अवसर पारेर आयोजना गरिएको शुभकामना आदान प्रदान तथा सरकारले विदा कटौति गरेको बिषयमा आयोजित पत्रकार सम्मेलनमा गुरुङ समुदायहरु निकै खिन्न देखिएका छन् । विगतका सरकारले दिदै आएको पुष १५ गतेको ल्होसार पर्वको विदा कटौति सरकारले गरेपछि स्याङ्जाका गुरुङ् समुदायले यो पर्व खल्लो भएको महशुष गरेका छन् । 
शुभकामना आदान प्रदान तथा पत्रकार सम्मेलनमा वोल्दै तमु ह्रयुला छोज धी गुरुङ् राष्ट्रिय परिषदमा उपाध्यक्ष लेप्टेन यामबहादुर गुरुङ्ले ल्होसार पर्वको विदा कटौति गरेर गुरुङ् समुदायलाई अन्याय गरेको आरोप लगाउनुभयो । पटक पटक सरकारलाई विदा कटौति फिर्ता लिन आग्रह गर्दा पनि सरकार कान नसुन्ने र आँखा नदेख्ने भएको संज्ञा गुरुङ्ले दिनुभयो । मुलुकका हरेक परिवर्तनमा गुरुङ समुदायको पनि महत्वपुर्ण भुमिका रहेको उल्लेख गर्दै गुरुङ्ले संघियतामा मुलुक गएपछि हाम्रो समुदायलाई गरेको अन्याय उपहार भएको उहाँको आरोप छ पर्व मनाउदै माग पुरा नभए सम्म आन्दोलन जारी रहने परिषदले जनाएको छ । 
कार्यक्रममा जिल्लाका ईकाई अध्यक्षहरुभोजराज गुरुङ्, भगवतसिंह गुरुङ्, यामबहादुर गुरुङ्, हुमबहादुर गुरुङ, हुमबहादुर गुरुङ्, तिलबहादुर गुरुङ्, कौशिला गुरुङ र वालिङ बहुमुखी क्याम्पसका प्रमुख सचिदानन्द यादव लगायतले सरकार जनताप्रति र सबै जातजाती प्रति उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो । जिल्ला अध्यक्ष रवि गुरुङ्को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत उपाध्यक्ष सोमबहादुर गुरुङ र महासचिव टिकराज गुरुङ्ले संचालन गर्नुभएको थियो । जिल्ला भरका गुरुङ समुदायको सहभागी सहित विविध सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...