अहिले तरंगमा

Goodmorning Aandhikhola

केहि छिनमा

Sahakari Sarokar

समाचार

वालिङ नगरपालिकाको पूरक संशोधित बजेट ७१ करोड ५४ लाख

news

 
रेडियो आँधीखोला,
वालिङ १० पौष ।
स्याङजाको वालिङ नगरपालिकाको मंगलबार सम्पन्न पाँचौं नगर सभाले चालु आर्थिक वर्ष २०७५÷०७६ का लागि पूरक संशोधित बजेट एकहत्तर करोड ५४ लाख ५२ हजार ५ सय ६० रुपैयाँ पारित गरेको छ । वालिङ नगरपालिकाका उपप्रमुख एवम् बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक कल्पना तिवारीले पाँचौं नगर सभामा प्रस्तुत गर्नुभएको बजेट तथा कार्यक्रम पारित भएको हो ।
 
वालिङ नगरपालिकाले चालु आर्थिक वर्षका लागि गत असारमा छपन्न करोड ७१ लाख ८५ हजारको अनुमानित बजेट प्रस्तुत गरिएकोमा पाँचौं नगरसभाले चौध करोड ८२ लाख ६७ हजार ५ सय ६० रुपैयाँ संशोधन गरी कूल एकहत्तर करोड ५४ लाख ५२ हजार ५ सय ६० रुपैयाँ पूरक संशोधित बजेट प्रस्तुत गरिएको हो ।
 
चालु आर्थिक वर्षको संशोधित बजेटमा वित्तिय समानीकरण अनुदान रु १४ करोड ६३ लाख, सशर्त अनुदान रु २८ करोड ९४ लाख, प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण सशर्त अनुदान रु १ करोड ६२ लाख, राजश्व बाँडफाँड रु ९ करोड, १७ लाख ३५ हजार,, सडक बोर्ड नेपालबाट रु ५५ लाख, गरीवसँग विश्वेश्वर कार्यक्रम रु ५ लाख ६८ हजार, सामाजिक सुरक्षा जेष्ठ नागरिक सम्मान कार्यक्रम रु ९ करोड ६३ लाख ६० हजार र गतवर्षको मौज्दात अल्या रु ४ करोड ५८ लाख ३९ हजार ५ सय ६० गरी चालु आर्थिक वर्षको पूरक संशोधित बजेट प्रस्तुत भएको हो ।
 
नगरपालिकाले नीति बजेट तथा कार्यक्रमहरु र बजेटका प्राथमिकताहरु गत असारमा विनियोजन गरिएका प्राथमिकताहरु भएकाले नीति तथा कार्यक्रमहरु एवम् बजेटका प्राथमिकताहरुलाई यथावत राखेको छ भने वालिङ नगरपालिकालाई स्मार्ट सिटी निर्माणको गतिलाई आत्मसात गरी छिटोभन्दा छिटो स्मार्ट सिटीमा अवतरण गर्ने सहजताका लागि ‘कृषि, उद्योग, ब्यापार, पर्यटन, सूचना प्रविधि र पूर्वाधार–स्मार्ट सिटी वालिङ निर्माणको छ आधार’ अभियानलाई अगाडि सारिएको नगर उपप्रमुख एवम् बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक तिवारीले बताउनुभयो । 
 
वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणको अध्यक्षतामा सम्पन्न पाँचौं नगर सभामा उठेका विभिन्न जिज्ञासाहरुको सहजीकरण नगर प्रमुख खाँण एवम् उपप्रमुख तिवारीले गर्नुभएको थियो । 
 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...