अहिले तरंगमा

Goodmorning Aandhikhola

केहि छिनमा

Sahakari Sarokar

समाचार

शिक्षा कामयोगी हुनुपर्छः मन्त्री अर्याल्

news

रेडियो आँधीखोला,
वालिङ ११ पौष ।
नेपाल सरकारका भूमि ब्यवस्था, सहकारी तथा गरीवी निवारण मन्त्री पद्माकुमारी अर्यालले शिक्षा व्यवहारिक तथा जिवनउपायोगी हुुनपर्नेमा जोड दिनुभएको छ । सर्टिफिकेटको आधारमा प्रतिष्पर्धा भईरहेको समयमा शिक्षाले जिवन जिउने आधार समेत प्रदान गर्नुपर्नेमा मन्त्री अर्यालको जोड छ । 
स्याङ्जाको वालिङ १४ थुमपोखरामा रहेको जनहित माध्यमिक विद्यालयको स्वर्ण महोत्सव तथा स्मारिका विमोचन गर्दै समापन कार्यक्रममा बोल्दै मन्त्री अर्यालले भन्नुभयो, “हामीले पढ्ने शिक्षालाई कामयोगी बनाउनुपर्छ, शिक्षालाई कर्मसँग जोड्नुपर्छ, प्रमाणपत्रका लागि मात्रै होईन्” नेपाल सरकारले शिक्षामा फड्को मार्ने गरी केही परिवर्तनको अनुभूति हुने गरी काम गर्न थालेको दाबी गर्दै मन्त्री अर्यालले अबको दुई वर्षभित्र साक्षर नेपाल घोषणा गर्ने गरी कार्यलाई तीब्रता दिएको बताउनुभयो ।
“दूरीका आधारमा शिक्षालयबाट टाढा टाढा रहेका विद्यार्थीहरुलाई आवाससहितको शिक्षाका लागि सरकार लागि परेको छ” मन्त्री अर्यालले भन्नुभयो, “दश कक्षा उत्तीर्ण गरेपश्चात विद्यार्थीको रुचि र चाहना अनुसारको प्राविधिक र जीवनोपयोगी शिक्षा प्रदान गरिने छ ।” विकास समृद्धि सबैको साझा एजेण्डा भएकाले विकासलाई गति दिनका लागी सबैको उत्तिकै दायित्व रहेको बताउनुभयो । मन्त्री अर्यालले भन्नुभयो, यो पार्टीले गरेको त्यो पार्टीले गर्ने भन्दा पनि विकासका मुद्धामा दलगत स्वार्थमन्दा हामी माथि उठ्नुपर्छ । ”
कार्यक्रममा गण्डकी प्रदेशका विधायन समिति सभापति एवं सांसद मोहन रेग्मीले प्रदेश सरकार शैक्षिक एजेन्डाप्रति गम्भीर रहेको भन्दै स्थानीय र प्रदेश सरकार समन्वय गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य यामबहादुर कुँवर, नेकपाका नेता चक्रबहादुर पराजुली, पुर्व प्रधानाध्यापक खेमबहादुर पराजुली, पुर्व विद्यार्थी डा.श्याम डुम्रेलगायतले बोल्नुभएको थियो । कार्यक्रममा विद्यालयका गतिविधि समेटिएको जनहित स्वर्ण महोत्सव स्मारिका २०७५ विमोचन गरिएको थियो । 
त्यस्तै स्वर्ण महोत्सवका अवसरमा आयोजित हाँजिरिजवाफ प्रतियोगिता, नृत्य प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गरिएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष लोकनाथ तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालन शिक्षकद्धोय कृष्णप्रसाद पौडेल र वसन्त खनाल, स्वागत शिक्षक टोपबहादुर अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...