अहिले तरंगमा

Goodmorning Aandhikhola

केहि छिनमा

Sahakari Sarokar

समाचार

वालिङ बोलबमद्वारा मिर्गौला पीडितलाई आर्थिक सहयोग

news

 
 
 
रेडियो आँधीखोला,
वालिङ ११ पौष ।
सामाजिक कार्यमा सक्रिय वालिङ बोलबम समितिले मिर्गौला पीडित युवकलाई आर्थिक सहयोग गरेको छ । वालिङ ९ कल्लेरी निवासी २६ वर्षिय पदम माझीलाई बुधबार वालिङमा एक कार्यक्रमको आयोजना गरी नगद आठ हजार सहयोग गरेको हो । 
विगत एकमहिनादेखि पोखरास्थित मनिपाल शिक्षण अस्पतालमा उपचाररत माझीको परिवारलाई वालिङ बोलबम समितिका अध्यक्ष दिपेन्द्र तिवारीले सहयोग रकम हस्तान्तरण गर्दै बोलबम समिति सेवामूलक सामाजिक संस्था भएको बताउँदै समितिमा आबद्ध सदस्यहरुले नै रकम संकलन गरी सामाजिक हितका क्षेत्रमा विगतदेखि नै सहयोग गर्दै आएको उल्लेख गर्नुभयो । 
बोलबम समितिमार्फत मिर्गौला पीडित माझीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं र आगामी दिनमा पनि सहयोगका कार्यलाई निरन्तरता दिंदै जाने छौं अध्यक्ष तिवारीको भनाई थियो ।  हालसम्म उपचारका लागि दुई लाख ५० हजार बढी खर्च भैसकेको र घरको आर्थिक अवस्था कमजोर भएकोले सर सापटबाट खर्च जुटाईएको पीडितकी बहिनी मनिसा माझीले बताउनुभयो । दाईको उपचारमा सक्दो सहयोग गरिदिन पनि उहाँले कार्यक्रममार्फत अनुरोध गर्नुभएको छ ।  

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...