अहिले तरंगमा

Goodmorning Aandhikhola

केहि छिनमा

Sahakari Sarokar

समाचार

नशा सम्बन्धी उपचार शिवीर

 
 
रेडियो आँधीखोला,
वालिङ ११ पौष ।
स्याङजाको वालिङको पतन्जलिमा सिंगल पोइन्ट थेरापीको आयोजनामा नशा सम्बन्धी उपचार शिवीर भईरहेको छ । यही पौष ८ गते देखि १५ गते सम्म हुने उपचारमा नशा सम्बन्धी उपचारमा अहिले सम्म करिब १सय ५०  विरामीहरुले उपचार गरेको आयोजकले जनाएको छ । उपचारको लागि सिंगल पोइन्ट थेरापीका निर्देशक डा. सुनिल रायले आफुले गरेको उपचारबाट विरामीहरु उपचार लगत्तै तुरुन्त निको हुने बताउनुभएको छ ।
उहांले विरामीलाई देखे पछि विरामीको समस्या केहो भनेर बुझ्ने र सोही अनुरुप उपचार गरेपछि विरामी तुरुन्त निको हुने बताउनुभएको हो । नेपाल मै दोस्रो पटक भईरहेको यो शिविरमा उपचारमा गर्दा कुनै पनि औषधी र सुईहरु नहुने सिंगल पोइन्ट थेरापीका म्यानेजर विशाल अर्यालले बताउनुभयो । उहांले बिरामीले यदी सही तरीकाले डाक्टरलाई बताउन सकेमा डाक्टरले त्यसको समस्या बुझेर नशा फेला पार्ने र त्यो नशामा म्याग्नेट लगाएर उपचार गर्ने बताउनभुयो ।
लामो समय सम्म नशा सम्बन्धि रोगले सताइ रहेर अन्य ठाउँमा उपचार गराउन गएर निको नभएका विरामीहरु पनि यहाँ उपचार गरे पछि निको भएको अर्यालले बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...