अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

वालिङ, कार्तिक १४
स्याङजाको पुतलीबजार नगरपालिका वडा नंं. १३ मा रहेको राईजिङ भिजन युवाक्लबको आयोजनामा एकदिने निशुल्क स्वास्थ्य शिविर आईतबार सम्पन्न भएका छ । 
 
क्लवको आयोजना तथा जिल्ला जनस्वास्थ्या कार्यालय स्याङजा र शुभसंगिता मेडिकल हल स्याङजाको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । दम, रुघाखोँकी, ज्वरो, ग्यास्ट्रिकलगायतका सेवा दिईएको शिविरमा जिल्ला अस्पतालका डा. नरेश पौडेलसहितको टोलीले सेवा दिएका थिए । 
 
शिविरमा स्याङजा बजार, राङखोला, जैसिडांडा, हेलू, दार्सिङ, बयरघारीलगायतका १ सय ५ जना विरामीहरुलाई जाँच गरी निशुल्क औषधी तथा परार्मश दिईएको थियो । १ वर्ष अगाडि स्थापना भएको क्लबले समाजमा रचनात्मक कार्य गरी उदाहरणीय कार्य गरेको सल्लाहकार भुवानीश्वर शर्मा लामिछानेले बताउनुभयो ।
 
त्यस्तै रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम रहेको भन्दै दैनिक जिवनमा विषेश ख्याल  गर्नुपर्ने डा. नरेश पौडेलको भनाई छ ।