अहिले तरंगमा

Nepali Bahas

केहि छिनमा

Goodmorning Aandhikhola

समाचार

प्याब्सन स्याङ्जाको तेह्रौं अधिबेशन वालिङमा सम्पन्न, अध्यक्षमा थापा

news

रेडियो आँधीखोला,
वालिङ, १३ पौष । 
निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति स्याङ्जाको तेह्रौं अधिवेशनको उद्दघाटन समारोह शुक्रबार वालिङमा सम्पन्न भएको छ । तेह्रौं अधिबेशनको वालिङमा उद्घाटन गर्दै गण्डकी प्रदेश विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले सामुदायिक र निजी विद्यालय बीचको खाडल अन्त्य गरी शैक्षिक विकासका लागि सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
उहांले सरकारी, निजी र सहकारीको तीनखम्बे अर्थ नीतिलाई आत्मसात गरिसकेकाले आर्थिक समृद्धिका लागि हातेमालो गर्दै निरन्तररुपमा लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभयोे ।  
निजी क्षेत्रको देशको आर्थिक समृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको नेता रेग्मीले बताउनुभयो । कार्यक्रममा वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले विद्यालयहरु कहिल्यै पनि निजी हुन नसक्ने यो संस्थागत हुने विचार ब्यक्त गर्नुभयो ।
शिक्षाका क्षेत्रमा जति प्रगति भएको त्यो प्रगतिमा संस्थागत विद्यालयको भूमिका महत्वपूर्ण भएको बताउनुभयो । संस्थागत विद्यालयले शिक्षाका क्षेत्रमा विदेशिएको लगानीलाई स्वदेशमै रोक्न सफल भएको नगर प्रमुख खाँणको भनाई थियो ।
“संस्थागत विद्यालयले गुणस्तरीय शिक्षाका लागि महत्वपूर्ण योगदान दिएको छ” नगर प्रमुख खाँणले भन्नुभयो, “अहिले भईरहेको शिक्षण विधिलाई समय अनुकुल परिमार्जित गरी शैक्षिक जनशक्ति उत्पादनमा ध्यान दिनु आवश्यक छ ।”
उहाँले वालिङ नगरपालिकामा शिक्षामा लगानी गर्न चाहने ब्यक्तिहरुलाई प्रोत्साहन गरी नगरपालिकालाई शैक्षिक हवको रुपमा विकास गर्ने बताउनुभयो ।
नगर प्रमुख खाँणले नगरभित्रका १०१ वटा विद्यालयमा नगरको आवश्यकता परिपूर्ति गर्न सकिने गरी दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्नका लागि प्रविधिमैत्री शिक्षालय स्थापना गर्ने तयारीमा रहेको बताउनुभयो । 
कार्यक्रममा प्याब्सन केन्द्रीय सल्लाहकार टीका पुरी, प्याब्सन केन्द्रीय उपाध्यक्षत्रय कृष्ण अधिकारी, ईश्वरबहादुर गुरुङ र पुष्पराज बरालले विदेशी भूमिमा अध्ययनका लागि जाने विद्यार्थीहरुलाई निजी विद्यालयहरुले अन्तर्राष्ट्रियस्तरको गुणस्तर नेपालमै प्रदान गरेकै कारण अध्ययनका लागि विदेशिने विद्यार्थी रोकिएसँगै विदेशिने रकम पनि स्वदेशमै रहेको दाबी गर्नुभयो ।
प्याब्सन केन्द्रीय सचिव मधु लोहनी, प्याब्सन गण्डकी प्रदेश अध्यक्ष माधवशरण उपाध्याय, प्याब्सन कास्कीका सल्लाहकार दिनेश श्रेष्ठ, वालिङ नगरपालिका शिक्षा शाखा प्रमुख प्रकाशबन्धु अर्याल, प्याब्सन केन्द्रीय सदस्य अमृत अर्याल, नेपाल शिक्षक संघ नेपालका केन्द्रीय उपाध्यक्ष भरत लम्साल, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा एसइइमा सर्वाेत्कृष्ट अंक ल्याउने छात्र÷छात्राहरु, विद्यालयहरु, पत्रकार, साहित्यिक ब्यक्तिहरु, शिक्षकहरुलाई सम्मान गरिएको थियो ।
प्याब्सन स्याङ्जाका अध्यक्ष हर्कबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न तेह्रौं अधिबेशनको सञ्चालन सुरजकुमार अधिकारीले र स्वागत प्याब्सन स्याङ्जाका वरिष्ठ उपाध्यक्ष ध्रुबबन्धु पौडेलले गर्नुभएको थियो । 
यसैबीच तेह्रौँ अधिवेसनले पूर्ण बहादुर थापाको अध्यक्षतामा १५ सदस्यीय नया कार्यसमिति गठन गरेको छ ।जसको बरिष्ठ उपाध्यक्षमा धुव्रवन्धु पौडेल , उपाध्क्षहरुमा हुम गौतम र नारायण आचार्य ,सचिवमा रादेन्द्र गोदार र कोषाध्यक्षमा लेखनाथ रेग्मी रहनुभएको छ भने अन्य सदस्यहरुमा चयन गरिएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...