अहिले तरंगमा

Nepali Bahas

केहि छिनमा

Goodmorning Aandhikhola

समाचार

ऋद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्थाको ११औँ साधारण सभा

news

रेडियो आँधीखोला,
वालिङ, १३ पौष । 
ऋद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ ६ मिर्दीको ११औँ साधारण सभा शुक्रबार पतञ्जली भवनमा सम्पन्न भएको छ । साधारण सभाको उद्दघाटन गर्दै जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रविन्द्र श्रेष्ठले संस्थाले आर्थिक क्षेत्रका साथै सामाजिक क्षेत्रमा पु¥याएको योगदानको खुलेरै प्रसंशा गर्नुभयो । 
सहकारीले आर्थिक क्षेत्रसंगै सामाजिक उत्तरदायित्व समेत भुल्न नहुँने भन्दै ऋद्धिसिद्धले विगतदेखि नै गरिव तथा असाहय बालबालिकाहरुको अध्ययनप्रति देखाएको चासो, सेयर सदस्यहरुप्रतिको उत्तरदायित्व निकै गम्भीरतापुर्वक निर्वाह गरेको भन्दै संस्थाको प्रसंसा गर्नुभएको हो । 
कार्यक्रममा शिक्षा क्षेत्रबाट भोजराज गुरुङ, साहित्यीक स्रष्टा सुर्यप्रसाद डुम्रे, राष्ट्रिय सहकारी बैंकका प्रमुख सुभाष आचार्य, सेयर सदस्य भिमप्रसाद पाण्डे, संस्थाका सल्लाहकार, आँधीखोला सञ्चार सहकारीका अध्यक्ष एवं गल्याङ वडा नं. १० का अध्यक्ष धु्रवप्रसाद शर्मापंगेनी, फुलबारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवं उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, पत्रकार श्रीकृष्ण सिग्देललगायतले बोल्नुभएको थियो । कार्यक्रममा जेष्ठ सेयर सदस्य २ जना, सांस्कृतिक क्षेत्रबाट २ जना गन्र्धव, राष्ट्रिय खेलाडिहरुलाई समेत सम्मान गरिएको थियो । 
त्यस्तै विपन्न तथा अनाथ ३० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ भने संस्थाको साधारण सभाको अवसरमा आयोजित नगरस्तरीय मावि तहको हाजिरिजवाफ प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने विद्यालय तथा विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको छ । 
कार्यक्रममा अध्यक्ष मुक्तिप्रसाद पाण्डेले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्षको प्रतिवेदन, लेखा तथा सुपरिवेक्षणको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । अध्यक्ष मुक्तिप्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष नेत्रप्रसाद पाण्डे, सञ्चालन सचिव पुर्णचन्द्र पाण्डे र धन्यवाद सदस्य बालकृष्ण सुवेदीले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...