अहिले तरंगमा

Nepali Bahas

केहि छिनमा

Goodmorning Aandhikhola

समाचार

पब्लिक एकेडेमी ढापुकमा शिक्षक विदाई तथा स्वागत कार्यक्रम

रेडियो आँधीखोला,
वालिङ, १३ पौष । 
पब्लिक एकेडेमी मावि भीरकोट ८ ढापुकमा शिक्षक विदाई तथा स्वागत कार्यक्रम गरीएको छ । २० वर्ष ५ महिना पब्लिक एकेडेमीमा शिक्षण गर्नुभएका बुद्धिप्रसाद रेग्मीलाई विदाई तथा नयाँ शिक्षक रिवनकुमार विश्वकर्मालाई स्वागत गरिएको हो । शिक्षक  रेग्मीले शैक्षिक अवकास  प्राप्त गरेपछि विद्यालयले विदाई गरेको हो । कार्यक्रममा  शिक्षक रेग्मीले लामो समयसम्म पब्लिकमा शिक्षणका क्रममा विद्यार्थी, शिक्षक तथा अभिभावकहरुको सहयोग निकै स्मरणीय रहने बताउनुभयो । 
कार्यक्रमा वडा सदस्य  चित्रबहादुर राना, सचिव  भेषबहादुर राना, प्रधानाध्यापक देवकी  रेग्मी, शिक्षक एकनारायण अर्याल, विद्यालय व्यवस्थापन समिति सदस्यहरु जितमान गुरुङ, ठाकुरप्रसाद रेग्मी, घनबहादुर गुरुङ, विद्यार्थीहरु युविना गुरुङ, प्रगति राना, विनिता सुनारलगायतले बोल्नुभएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष गिता राना भुजेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको  सञ्चालन शिक्षक गिता रोका थापले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...