अहिले तरंगमा

Nepali Bahas

केहि छिनमा

Goodmorning Aandhikhola

समाचार

मनोहर बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ ६ मिर्दीको ७औँ साधारण सभा

news

रेडियो आँधीखोला,
वालिङ, १४ पौष ।
मनोहर बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ ६ मिर्दीको ७औँ साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको ८० वर्षीय जेष्ठ सेयर सदस्य जगलाल अर्यालले उद्दघाटन गर्नुभएको थियो । कार्यक्रममा उपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पुण्यप्रसाद अर्यालले सहकारी आफ्नो निति तथा सिद्धान्तका आधारमा चल्नुपर्ने भन्दै उत्पादनमुलक क्षेत्रमा सहकरी लाग्नुपर्ने बताउनुभयो । 
कार्यक्रममा वडा नं. ६ का अध्यक्ष श्यामकृष्ण श्रेष्ठले सहकारी संस्थाले स–साना पुँजीलाई एकिकृत गर्दै अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा साहित्य श्रष्टा, जेष्ठ नागरिक, एसईईमा उत्कृष्ठ अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो । ३३ जना सदस्यहरुद्धारा संकलित ८ हजारबाट शुरु गरिएको सहकारीले अहिले ५१ लाख ६५ हजार ८ सय ८८ रुपैँया जम्मान गरेको अध्यक्ष डिल्लिराज अर्यालले बताउनुभयो । 
त्यस्तै मंसिर सम्मको सेयर पुँजी ३२ लाख १४ हजार, निक्षेप १५ लाख ६८ हजार ४ सय ५८ र बैंक तथा नगद मौज्दात ३ लाख ६७ हजार ८ सय ४८, कर्जा लगानी ४९ लाख ८० हजार २ सय ८७  रहेको  संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष डिल्लीराज अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन नन्दलाल अर्यालले गर्नुभएको थियो ।   

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...