अहिले तरंगमा

Goodmorning Aandhikhola

केहि छिनमा

Sahakari Sarokar

समाचार

स्वाबलम्बन साना किसान सहकारी संस्था अर्जुनचौपारीाको अध्यक्षमा पुन गुरुङ

 
रेडियो आँधीखोला,
वालिङ, १४ पौष ।
स्वाबलम्बन साना किसान सहकारी संस्था अर्जुनचौपारी १ को १६औँ साधारण सभा तथा छैठौँ अधिवेसन शनिबार सम्पन्न भएको छ । कार्यक्रमको उद्दघाटन गर्दै गरिविनिवारणका अभियन्ता डा. जयसिंह शाहले सहकारीले किसानको हकहितका लागी विभिन्न कार्यक्रमहरुका साथ अगाडि बढेकोमा प्रशंसा गर्नुभयो । 
किसान तथा गरिबको आयस्तर अभिवृद्धिका लागी साना किसान सहकारीले भुमिका खेल्नुपर्ने शाहको भनाई छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष दिर्घनारायण अर्याल, उपाध्यक्ष चिनमाया गुरुङ, साना किसान विकास बैंक ईलाका कार्यालय प्रमुख राजकुमार थापालगायतले बोल्नुभएको थियो । छैठौँ अधिवेसनले पुन धनबहादुर गुरुङको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको छ । 
उपाध्यक्षमा प्रेमबहादुर थापामगर, सदस्यहरुमा बोधनारायण रेग्मी, अम्बिका रोका, हिरालाल काफ्ले, दिलिप रोका, आनन्द खत्रि, कोपिला जिसी, ओमप्रसाद पौडेल रहनुभएको छ । भने ओमबहादुर गुरुङको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति चयन गरिएको छ । 
सदस्यद्धायमा ओमबहादुर जिटी र छटिमाया गुरुङ रहनुभएको छ । अध्यक्ष धनबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन व्यवस्थापक शालिकराम काफ्लेले गर्नुभएको थियो । संस्थाले कृषकहरुलाई मध्यनजर गर्दै पशुविमा, बालीविमा समेत सञ्चालन गरेको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...