अहिले तरंगमा

Goodmorning Aandhikhola

केहि छिनमा

Sahakari Sarokar

समाचार

राजनितिको लडाँई सकियो ः मन्त्री अर्याल

news

 
कला राना,
वालिङ १९ पौष ।
नेपाल सरकारका भुमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले राजनैतिक लडाई सकिएको बताउँदै समृद्धिको यात्रा सुरु भएको बताउनुभएको छ ।  स्याङ्जाको फेदिखोला २ को फेदिखोला साना किसान सहकारी संस्था लिमिटेडको २१ औ बार्षिक साधारसभामा बिहिबार मन्त्री अर्यालले समृद्ध नेपाल, सुखि नेपाली नारालाई सार्थकता दिनका लागी सहकारीको भुमिका महत्वपुर्ण रहने बताउनुभयो ।
 
काम नगर्ने राता रात धनी र काम गर्ने गरिबको रेखा मुनी रहेको अवस्थालाई अन्त्य गर्दै त्यस्तो समस्याको जड खोजेर कारबाहीको दायरामा ल्यानु पर्ने बताउनुभयो । आगनमा भएका नागरिकलाई कौसीमा सहकारीले पुराउने बताउदै मन्त्री अर्यालले साना किसानहरु सहकारीको माध्यमबाट ठुलो किसान बन्ने बताउनुभयो । 
 
सबै नागरिक र सहकारीलाई बचत नराख्न आग्रह गर्दै मन्त्री अर्यालले जति लगानी ग¥यो उति फाईदा हुने बताउनुभयो । गाउँमा जति छिरल्यो त्यती सहकारी ठुलो हुने र किसानको आर्थिक समृद्धि हुने मन्त्री अर्यालको भनाई थियो । सहकारीले कृषि, पशुपालनमा न्युन ब्याजदरमा लगानी गनुपर्ने बताउदै मन्त्री अर्यालले सहकारीबाटै गरिब किासनले राहत पाउने बताउनुभयो । सहकारी नियमावली बनाइएको बताउदै मन्त्री अर्यालले संसदबाट पास गरेर चाडै कार्यान्वयमा ल्याउने बताउनुभयो ।
 
एक बर्षे निति निर्माणमा समय खर्चेको बताउदै मन्त्री अर्यालले अबको ४ बर्षमा धेरै परिर्वतन हुने अर्यालको भनाई छ । ३ तहमा बलियो सरकार स्थानिय सरकार भएको बताउदै मन्त्री अर्यालले भन्नुभयो —“घर घरमा पुग्ने सरकार स्थानिय हो । ”उहाँले केन्द्रिय सरकाले निति निर्मााण गर्ने र प्रदेश तथा स्थानिय सरकाले काम गर्ने बताउनुभयो । भुमि ब्यवस्थापनका लागि ऐन तयार गरेको बताउदै मन्त्री अर्यालले बाँजो जग्गा भएमा कारबाही गर्ने तथा सरकारले प्रयोगमा ल्याउने बताउनुभयो । 
 
फेदिखोला साना किसान सहकारी संस्था लिमिटेडले आर्थिक बर्ष ०७४÷७५ मा ३१ लाख ९० हजार ६ सय ५८ रुपैया ६४ पैसा मुनाफा गरेको छ । मुनाफा गत आर्थिक बर्षको तुलनामा ३ लाख १३ हजार ९ सय ६९ रुपैया ४९ पैसाले बढि हो । सहकारीले १६ करोड ९५ लाख ५४ हजार २५ रुपैया लगानी गर्दै उक्त मुनाफा आर्जन गरेको हो । २०५४ सालमा स्थापना भएको सहकारीको शेयर पुँजि ८ करोड २३ लाख रहेको सहकारीका उपाध्यक्ष हिमालय जंग बानियाँले जानाकारी दिनुभयो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...