अहिले तरंगमा

केहि छिनमा

Goodmorning Aandhikhola

समाचार

स्याङ्जालीका लागीे माउन्ेटन बाईक मिनि – म्याराथन प्रतियोगिता माघ ७ गते

news

कला राना,
वालिङ १९ पौष ।
स्याङ्जामा २८ किलोमटिर माउन्टेन बाईक मिनि – म्यारथन प्रतियोगिता हुने भएको छ । स्याङ्जा जिल्ला स्तरीय म्याराथन प्रतियोगिता यही माघ ५ गते हुने भएको हो । वालिङ नगरपालिका अन्र्तगतको वण्डरफुल वालिङले सातौँ वालिङ महोत्सवलाई लक्षित गर्दै म्याराथनको आयोजना गरेको हो । प्रतियोगितामा प्रथमले ५० हजार, द्धितियले ३० हजार, तृतियले १५ हजार र सान्त्वनाले ५ हजार नगद प्राप्त गर्नेछन् । 
प्रतियोगिता वालिङखेलमैदानबाट शुरु भई वालिङ, भुम्रे, थुमपोखरा, डुम्रेभञ्याङ, सिरबानी, कपासे, कोखे, ठाना, बाहुनथान, पेखुहुँदै पुन खेलमैदानमा आएर प्रतियोगिता सकिनेछ । प्रतियोगितामा महिला र पुरुष दुवैले प्रतिष्पर्धा गर्न सक्नेछन् । म्याराथनमा भाग लिनका लागी दर्ता प्रक्रिय खुल्ला गरिएको वण्डरफुलका अभियन्ता दिनकर नेपालले जानकारी दिनुभयो । 
यही माघ १७ गतेबाट हुने सातौँ वालिङ महोत्सवमा सय किलोमिटरको अन्तराष्ट्रिय माउन्टेन बाईक म्याराथनको आयोजना गरिएको छ । सोही प्रतियोगितालाई  लक्षित गर्दै यो प्रारम्भिक मिनि म्याराथन प्रतियोगिता हो । दर्ता शुल्क हजार रुपैँया  लाग्ने नेपालले बताउनुभयो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...