अहिले तरंगमा

Cine Songs

केहि छिनमा

Morden Song

समाचार

शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न

वालिङ, कार्तिक १४
स्याङ्जाको पकवादी गाविस वडा नं २ गैमुख स्थित आर्दश युवा क्लवको आयोजनामा शुभ दिपावली तथा छठ, ल्वसार र नेपाल सम्वतका अवसरमा आईतबार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भयो ।
कर्यक्रमको उद्घाटन गर्दै व्यवस्थापिक सदस्य सांसद मुक्ति प्रसाद पाठकले लोकमान सिङकार्कीलाई कारबाही गर्ने कुरामा जोड दिनु भएको थियो।
उहाँले समाजमा युवा सहभागिता आजको आवश्कता भएको भन्दै युवाहरुका लागि आफूले सक्दो सहयोग गर्ने कुरा बताउनु भएको थियो ।
उहाँले स्याङ्जाको विकासमा आफूले सक्दो पहल गर्ने कुरा बताउनु भएको थियो ।
कार्यक्रममा पकवादी गाविसका निर्वतमान अध्यक्ष एवं नेपाली काँग्रेस स्याङ्जाका पूर्व सदस्य हरिलाल खनाल,नेकपा एमाले पकवादी गाउँ कमिटीका अध्यक्ष भूपराज वोस्ती, नेकपा माओवादी पार्टी प्रतिनिधि हिमलाल भण्डारी, नेकपा एमाले जगत्र देवी गाउँ कमिटीका अध्यक्ष किसान श्रेष्ठ, नेपाल तरुण दल स्याङ्जाका सचिव चन्द्र बहादुर राना मगर लगाएतले शुभकामना मन्तव्य दिनु भएको थियो। 
कर्यक्रममा राष्ट्रिय कलाकार शिव हमाल, नेत्र प्रसाद पाण्डेय,मिलन सापकोटा, मिना भण्डारी लगाएतको सांङगितीक प्रस्तुती रहेको थियो ।
क्लवका अध्यक्ष रामु गैह्रेको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य मनिषा न्यौपानेले र सञ्चालन क्लवका सचिव प्रदिप गैह्रेले गर्नु भएको स्थानीय समाजसेवी ऋषिराम भण्डारीले जानकारी गराउनु भएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...