अहिले तरंगमा

Nepali Bahas

केहि छिनमा

Goodmorning Aandhikhola

समाचार

राजस्व सुधार कार्ययोजना तर्जुमा कार्यशाला गोष्ठी

news

कला राना,
वालिङ १९ पौष ।
भीरकोट नगरपालिकामा राजस्व सुधार कार्ययोजना तर्जुमा कार्यशाला गोष्ठी विहिबार सम्पन्न भएको छ । नगरपालिकाको आयोजना र स्कोलर नेपाल प्रालि कीर्तिपुर काठमाडौँको  प्राविधिक सहयोगमा गोष्ठी गरिएको हो । 
गोष्ठीमा नगरप्रमुख छायाराम खनालले भिरकोट नगरपालिकालाई भ्रष्टाचार मुक्त नगर बनाउने भन्दैैैैैैैैैैैैैै विगतको अनुभवलाई अंगाल्दै समृद्ध नगरको परिकल्पना गरिएको बताउनुभयो । साथै प्रमुख खनालले जुन ठाउँमा राजस्व बढी संकलन हुन्छ सोही ठाउँमा लगानी गरिने भन्दै नगरबासी सबैलाई आर्थिक रुपमा सक्षम बनाउने बताउनुभयो । 
कार्यक्रममा नगरप्रवक्ता एवं वडा अध्यक्ष दिपेन्द्र केसी, ३ का अध्यक्ष बाबुराम श्रेष्ठ, नेकपा प्रतिनिधि विश्वनाथ अर्याल, कालिका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रेमनारायण अर्याल, भीरकोट उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जगदिश कोईराला लगायतले बोल्नुभएको थियो । 
वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्य, राजनितिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको गोष्ठीमा संघिय मामिला  तथा सामान्य प्रशासन मन्त्रालयका साखा अधिकृत केशवराज पाध्र्रे, स्कोलर नेपालका सुरेन्द्र बाग्ले र नरेन्द्रविक्रम केसीले सजहीकरण गर्नुभएको थियो । कार्यक्रमका विषयमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुङगानाले प्रकाश पार्नुभएको थियो । 
उपप्रमुख सिमा केसीकर्माचार्यको स्वागत र नायव सुब्बा रामप्रसाद खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । गोष्ठीमा स्थानीय सरकारको राजस्व अधिकार, राजस्वका संभावित स्रोतहरु, राजस्वसम्बन्धी संवैधानिक व्यवस्था, स्थानीय एकल अधिकार, अनुदानको व्यवस्था, राजस्व प्रशासनलाई प्रभावकारी बनाउने उपायलगायतका विषयमा सहजीकरण भएको पत्रकार चुत्रबहादुर महतले जनाउनुभएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...