अहिले तरंगमा

Nepali Bahas

केहि छिनमा

Goodmorning Aandhikhola

समाचार

बाँसपानी आधारभुत विद्यालय फुुटेढुङ्गाको २९औ वार्षिकोत्सव आईतबार सम्पन्न

रेडियो आँधीखोला,
वालिङ, २२ पौष ।
वालिङ नगरपालिका २ बाँसपानी आधारभुत विद्यालय फुुटेढुङ्गाको २९औ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम आईतबार सम्पन्न भएको छ । वार्षिकोत्सवको उद्दघाटन गर्दै गण्डकी प्रदेशका विधायन समितिका सभापति एवं सांसद मोहन रेग्मीले शैक्षिक उन्नयनको लागी विद्यार्थी, शिक्षक र अभिभावकबीचको सम्बन्ध त्रियाशील हुनुपर्नेमा जोड दिनुभएको छ । 
 
आधारभुत तहको सो विद्यालयलाई प्राविधिक धारको मावितहको विद्यालयमा स्तरउन्नतिका लागी स्थानीइ सरकारले पहल गर्नुपर्ने भन्दै आफ्नो तर्फबाट पुर्ण सहयोग रहने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा रणबीर जनहित मावि खहरेका प्रधानाध्यापक लक्ष्मीप्रसाद रेग्मी, स्रोतव्यक्ति पोतप्रसाद अर्याल, वडा नं. १ का वडा अध्यक्ष एवं प्रवक्ता केदार काफ्ले, २ का वडा अध्यक्ष पोतप्रसाद लम्साल, ४ का वडा अध्यक्ष रनध्वज गुरुङ, शिक्षाप्रेमि देविप्रसाद वनबासी, अक्षयकोषदाता एवं साहित्यकार लेखनाथ काफ्ले, जमानसिंह नेपाली, रुम टू रिडका राजन सापकोटालगायतले बोल्नुभएको थियो । 
 
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष ओलकनारायण काफ्लेले  सामाजिक परिक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै विद्यालयका प्रधानाध्यापक घनश्याम अधिकारीले आर्थिक वर्ष २०७४÷०७५ को ३५ लाख ७६ हजार ३ सय ९० र ०७५÷०७६ को अनुमानित ३६ लाख ७६ हजार ३ सय ९० रुपैँयाको आयव्याय प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा लेखनाथ मथुरा अक्षयकोषबाट शिक्षकहरु र कुलबहादुर कौशिला स्मृति अक्षयकोष, डण्डपानी खगिसरा स्मृति अक्षयकोष र गोपालकृष्ण अधिकारी स्मृति अक्षयकोषबाट विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको छ । 
 
त्यस्तै पुर्व शिक्षक त्रय गंगाप्रसाद  पंगेनी, कृष्णप्रसाद रिमाल र कृष्ण कुमारी मल्ललाई मायाको चिनो प्रदान गरिएको छ । विद्यालय व्यवस्थापन समिति सदस्य मैना कोईरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत विद्यार्थी अस्मिता विक र शिक्षिका गिता अर्यालले गर्नुभएको थियो भने सञ्चालन शिक्षक सुर्यप्रसाद कोईरालाले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...