अहिले तरंगमा

Nepali Bahas

केहि छिनमा

Goodmorning Aandhikhola

समाचार

वालिङ नगरपालिकाले खरका छाना विस्थापित गर्ने

news

तोलाकान्त बगाले
वालिङ
वालिङ नगरपालिकाले नगरभित्र रहेका खरका छाना विस्थापित गर्ने भएको छ । पाँचौं नगर सभाले नगरभित्र रहेका खरका छानालाई विस्थापित गरी जस्तापाता लगाईदिने नीति तथा कार्यक्रम पारित गरेको छ । “पाँचौं नगर सभाले नगरभित्रका १४ वटै वडामा खरका छाना भएका घरहरुको लगत लिने र नगरभित्र खरको छानारहित अभियान सञ्चालन गर्ने नीति तथा कार्यक्रम पारित गरेका छौंं” वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले भन्नुभयो, “गरीवीका कारण समाजमा विद्यमान रहेको हेय मानसिकता हटेर जाने विश्वास लिएका छौं ।” खरको छानो स्वास्थ्यका दृष्टिले उपयुक्त भएपनि आगलागीको संभावना बढी हुने र अर्कोतर्फ खर छाउने दक्ष कामदारको अभाव हुने भएकाले पनि नगरपालिकाको आर्थिक सहयोगमा जस्तापाता लगाईदिने योजना बनाएको नगर प्रमुख खाँणको भनाई थियो । “कतिपय घर परिवार खरको छानो पनि फेर्न नसक्ने अवस्थामा हुनुहुन्छ” नगर प्रमुख खाँणले भन्नुभयोे, “खरका छानो भएकाहरु गरीब हुन् भनी फरक ढंगले हेर्ने र हेप्ने प्रवृत्तिको अन्त्यका लागि पनि यो अभियान सञ्चालन गर्न लागेका हौं ।” चालु आर्थिक वर्षमा खरले छाएका घरहरुको लगत संकलन गरी आगामी आर्थिक वर्षको शुरुदेखि नै अभियानको थालनी गर्ने वालिङ नगरपालिकाले जनाएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...