अहिले तरंगमा

Goodmorning Aandhikhola

केहि छिनमा

Sahakari Sarokar

समाचार

वालिङ नगरपालिकाद्धारा प्रारम्भिक प्रतिवेदन प्रस्तुत

news

रेडियो आँधीखोला,
वालिङ, २३ पौष ।
वालिङ नगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ को सामाजिक परिक्षण कार्यक्रमको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेको छ । बागेश्वरी असल शासन क्लब स्याङ्जाको सहजीकरणमा कार्यक्रम गरीएको हो । 
कार्यक्रममा बोल्दै नगरप्रमुख दिलिपप्रताप खांणले यस्ता कार्यक्रम नगरको ऐना भएकाले नगरपालिकाको गतिविधिका बारेमा सुधार गर्नुपर्ने पक्ष समेत यसले प्रस्तुत गर्ने बताउनुभयो । साथै कार्यक्रमले जवाफदेहिता र सुशासनको अभिवृद्धि गर्ने भन्दै स्मार्ट सिटीको रुपमा अगाडि बढ्न मद्दत गर्ने बताउनुभयो । कार्यक्रममा उपप्रमुख कल्पना तिवारी, प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदी, वडा नं. १ का अध्यक्ष एवं नगरप्रवक्ता केदार काफ्लेलगायतले बोल्नुभएको थियो । 
कार्यक्रममा वडा अध्यक्षहरु, नगरकार्यपालिका सदस्य, नगरका साखा प्रमुखहरुको सहभागिता रहेको थियो । प्रमुुख खांणको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत बासका सल्लाहकार दिपक  लम्साल र सञ्चालन बासका संयोजक चुत्रबहादुर महतले गर्नुभएको थियो ।  

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...