अहिले तरंगमा

Goodmorning Aandhikhola

केहि छिनमा

Sahakari Sarokar

समाचार

कर्तव्य ज्यान मुद्धाका अभियुक्त १४ बर्ष पछी पक्राउ

रेडियो आँधीखोला,
वालिङ, २३ पौष ।
कर्तव्य ज्यान मुद्धाका अभियुक्तलाई १४ बर्ष पछी पक्राउ गरीएको छ । स्याङ्जाको साविक तुलसीभञ्याङ गाविस १ सिजाखर्क बस्ने ठगबहादुर भन्ने थमनबहादुर रानालाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक विजयकुमार सिंहले बताउनुभयो ।  
थमनबहादुरले २०६१ अशोज ६ गते सोही स्थानका सोम बहादुर रानालाई साईकलको चेन, लाठी, दाउरा प्रयोग गरी सांङघातिक आक्रमण गरी गम्भिर घाईते बनाएका थिए । गम्भीर घाईते भएका सोमबहादुरलाई उपचारको लागी पाल्पाको मिसन अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । कर्तव्यज्यान मुद्धाका अभियुक्त ठगबहादुर रुपन्देहीको तिलोत्तमा नगरपालिका ७ स्थित सेमरा भन्ने स्थानमा लुकीछिपी बस्दै आएका थिए । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...