अहिले तरंगमा

Goodmorning Aandhikhola

केहि छिनमा

Sahakari Sarokar

समाचार

भीरकोटमा ल्याण्डफिल्ड साईड निर्माण सम्बन्धमा

रेडियो आँधीखोला,
वालिङ, २३ पौष ।
स्याङ्जाको भीरकोट नगरपालिकामा ल्याण्डफिल्ड साईड निर्माण सम्बन्धमा अन्र्तक्रिया गरिएको छ । नागरिकको स्वास्थ्य तथा वातावरणीय दृष्ट्रिकोणले नगरपालिकामा ल्याण्डफिल्डको आवश्यकता रहेको भन्दै नगरपालिकाले स्थानीयसंग अन्र्तक्रिय गरेको हो । 
कार्यक्रममा नगरप्रमुख छायाराम खनालले भीरकोटमा अत्याधुनिक प्रविधिको ल्याण्डफिल्ड साईड निर्माण गर्ने भन्दै नागरिकको जनस्वास्थ्यमा असर नगर्ने गरी योजनाका साथ नगरपालिका अगाडि बढ्ने बताउनुभयो । अव्यवस्थीत फोहोरमैलालले नगरको सुन्दरता तथा पहिचानलाई समेत असर गर्ने भन्दै नागरिकलाई समेत प्रत्यक्ष असर गर्ने भएकाले फोहोरमैला  व्यवस्थापनमा दीर्घकालिन योजनाका साथ अगाडि बढ्ने बताउनुभयो । साथै प्रमुख खनालले नमुना पार्क निर्माण गरी पिकनिक स्र्पटको समेत योजना बनाईएको बताउनुभयो । 
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृतक धर्मराज ढुङगाना, वडा नं. १ का अध्यक्ष एवं नगरप्रवक्ता दिपेन्द्र केसी, २ का वडा अध्यक्ष कमल त्रिपाठी, ४ का अध्यक्ष चन्द्रबहादुर बस्नेतलगायतले नगरबासीको हितअनुसार कार्य गर्ने बताउनुभयो । 
कार्यक्रममा स्थानीय डिल्लीराज कोईराला र भागवत अर्यालले अन्य विकासका पुर्वाधार समेत ल्याउनुपर्ने भन्दै नगरपालिकाको काममा सहयोग गर्ने बताउनुभयो । यसैबीच डिल्लीराज कोईरालाको अध्यक्षतामा ९ सदस्यीय ल्याण्डफिल्ड साईड निर्माण समिति गठन गरिएको नन्दु खनालले जानकारी दिनुभयो । उपाध्यक्ष शोभित थापा, सचिवमा राजेन्द्र श्रेष्ठ, कोषध्यक्षमा विन्दु खांण रहनुभएको छ भने अन्य सदस्यहरु रहेका छन् । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...