अहिले तरंगमा

Goodmorning Aandhikhola

केहि छिनमा

Sahakari Sarokar

समाचार

सातौँ वालिङ महोत्सवमा महिलाको सहभागितालाई कसरी उत्सहाजनक बनाउने

news

 
 
 
 
 
 
रेडियो आँधीखोला,
वालिङ, २३ पौष ।
सातौँ वालिङ महोत्सवमा महिलाहरुलाई कसरी परिचालन गर्ने भन्ने विषयमा महिला तथा आमासमुह समन्वय उपसमितिको बैठक सचिवालयमा बसेको छ । बैठकले महोत्सवलाई कसरी भव्य तथा सव्य रुपमा सम्पन्न गर्ने, उत्साहनजक महिलाहरुको सहभागिता कसरी गराउने, नगरभरीका १४ वटै  वडाका महिला तथा आमा समुहलाई महोत्सवमा कसरी सक्रिय सहभागिता जनाउनेलगायतका विषयमा छलफल भएको छ । 
हरेक महोत्सवमा सञ्चालन गरिँदै आईएको सांस्कृतिक रत्यौली गित प्रतियोगितालाई कसरी विस्तार गर्ने, मौलिक प्रतिभालाई कसरी प्रस्फुटन गराउनेलगायतलका विषयमा छलफल गरिएको उपसमिति संयोजक कविता भुसालले बताउनुभयो । उपसमितिको आगामी शुक्रबार बृहत भेला गरी महिलालाई कसरी परिचालन गर्ने र महिलाहरुको प्रतिभालाई महोत्सवमा कसरी प्रस्तुत गर्नेलगायतका विषयमा फेरि छलफल गरिने सचिव तारा तिवारीले जानकारी दिनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...