अहिले तरंगमा

Goodmorning Aandhikhola

केहि छिनमा

Sahakari Sarokar

समाचार

पेखु बाघखोर रेडक्रस उपसाखाको अध्यक्षमा पुनः खांण

news

रेडियो आँधीखोला,
वालिङ २५ पौष ।
पेखु बाघखोर रेडक्रस उपसाखा वालिङको १४औँ साधारण सभा तथा चौँथो अधिवेसन पतञ्जली योगपिठमा सम्पन्न भएको छ । साधारण सभा तथा अधिवेसनको उद्दघाटन गर्दै नेपाल रेडक्रस साखा स्याङ्जाका उपसभापति लक्ष्मीकान्त रेग्मीले रेडक्रसका ७ महत्वपुर्ण सिद्धान्तहरुका साथ संस्था अगाडि बढेको भन्दै मानव सेवा रेडक्रसको उद्देश्य रहेको बताउनुभयो । साथै रेग्मीले दैवि प्रकोप एवं प्राकृतिक प्रकोप तथा आपतबिपतका बेला मानव हितका लागी रेडक्रस हरबखत साथ रहेको बताउनुभयो । मानवमा सेवाका भाव हुनुपर्ने भन्दै एकअर्काको दुखमा महल्म बन्नु सबै मानवको कतव्य भएको बताउनुभयो । 
कार्यक्रममा नगरप्रमुख दिलिपप्रताप खांण, पुर्व सचिव नारायणप्रसाद रेग्मी, आनन्दकुमार खांण, स्वाँ श्रेष्ठलगायतले बोल्नुभएको थियो । अध्यक्ष विष्णुप्रताप खांणको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष सुरजप्रताप खांण र सञ्चालन सचिव गोविन्द पंगेनीले गर्नुभएको थियो ।
यसैबीच चौँथो अधिवेसनले पुन विष्णुप्रताप खांणको अध्यक्षतामा १० सदस्यीय समिति सर्वसम्मतले चयन गरेको छ । सदस्यहरुमा गोविन्द पंगेनी, उमा थापापौडेल, पार्वती पंगेनी, बुद्धिकुमारी पंगेनी, आनन्दकुमार खांण, सुरजप्रताप खांण, यामकान्त गैह्रे, तारा भुसाल र होमबहादुर खांण रहनुभएको छ । 
त्यस्तै सल्लाहकारहरुमा दिलिपप्रताप खांण, बसन्तकुमार मल्ल, क्या. हर्कबहादुर थापा, चिरञ्जीवी अर्याल, धु्रवराज पंगेनी, दिपा भुसाल, नारायणप्रसाद रेग्मी, ढालबहादुर खांण, स्वाँ श्रेष्ठ, लक्ष्मी खनाल र केशरबहादुर कुँवर रहनुभएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...