अहिले तरंगमा

केहि छिनमा

Goodmorning Aandhikhola

समाचार

सुन्ताला उत्पादन प्रविधि तालिम

रेडियो आँधीखोला,
वालिङ २५ पौष ।
वालिङ नगरपालिका कृषि सेवा केन्द्रको आयोजना र हुल्काङ् कृषि सहकारीको समन्वयमा दुई दिने सुन्तला कागती उत्पादन प्रविधि तालिम प्रदान गरिएको छ । तालिमको अभाव र कृषिमा हुने समस्या नबुझेका किसानलाई यो तालिमले सहजता दिलाउने छ वालिङ नगर उपप्रमुख कल्पना तिवारीले बताउनुभयो । तिवारीले भन्नुभयो, “चेतनाको अभावले कृषिमा समृद्धि ल्याउन सकेनौ ।”कामलाई सम्मान गर्न नजान्दा पनि हामी पछाडी परेको हो उहांको भनाई छ  । आफ्नो काम आफै गरौ भन्ने नारा अब उपयोग गर्नु पर्ने भन्दै काम गरेर खान लाज मान्ने मानसिकताबाट अब टाढा रहनुपर्नेमा उपप्रमुख तिवारीको जोड थियो ।
वालिङ नगरपालिका ४ स्थित एलादीमा सुन्तलाको हाईटेक नर्सरी रहेको पनि तिवारीले तालिममा सहभागी किसानलाई जानकारी गराउनुभयो । नगरपालिका अब उत्पादनलाई बढी जोड दिने अभियानमा रहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदीको भनाई छ । दुईदिन सम्म चलेको प्रविधि तालिममा ५६ जना महिला पुरुष गरी सहभागिता भएका थिए । सहकारीका अध्यक्ष देविलाल डुम्रे, तिर्थराज डुम्रे, पोलाकान्त डुम्रे र नरभुपाल डुम्रे लगायतका किसानहरुले जमिनको छनोट, रोगलाग्ने समस्या निराकरण लगायतका बिषयमा तालिम प्राप्त गरेको बताउनुभएको छ । वालिङ नगरपालिका कृषि सेवा केन्द्रका प्रमुख केशरबहादुर रानाले तालिमको सहजीकरण गर्नुभएको थियो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...