अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

छैठौँ वालिङ महोत्सव २०७३ आउन ठिक एक महिना छँदा ७० प्रतिशत तयारी पुरा

वालिङ १३, पौष

हाम्रो  गौरव हाम्रो सान वालिङ महोत्सव हाम्रो पहिचन भन्ने मुल नारालाई आत्मासाथ गरेको छैठौँ वालिङ महोत्सव २०७३ आउन ठीक एक महिना रहँदा आयोजक वालिङ उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन मार्फत ७० प्रतिशत तयारी सकिएको जानकारी गराएको छ । बुधबार वालिङमा पत्रकार सम्मेलन गरी संघले महोत्सव तयारीका बारेमा पत्रकारहरुलाई जानकारी गराएको हो । 
महोत्सव तयारीका लागी ३१ उपसमिति गठन गरी काय अगाडि बढाएको संघले ७० प्रतिशन तयारी सम्पन्न गरिसकिएको ७० प्रतिशत नै स्टल बकिङ भईसकेका संघका अध्यक्ष तथा महोत्सव मुल समिति संयोजक शोभाकान्त पौडेलले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा बोल्दै पौडेलले भन्नुभयो, “महोत्सव गर्नु करिव ३ महिना अगावै मुल समिति तथा उपसमितिहरु गठन गरी हामी तयारीमा खटेर लागेका छौं । विगतका महोत्सव पनि निकै सफल भएको स्मरण गर्दै  उहाँले भन्नुभयो, “यस पटककोे छैठौँ महोत्सवमा धेरै नयाँ कुराहरु दर्शकहरुले महशुस गर्न सक्नेछन्”
महोत्सव तयारीका बारेमा पत्रकारहरुले उठाएको जिज्ञासामाथि अध्यक्ष पौडेल, निर्वतमान अध्यक्षद्धोय ल्या. यामबहादुर गुरुङ र पुण्यप्रसाद अर्याल, स्टलबुकिङ उपसमितिका संयोजक लक्ष्मण अधिकारी र सम्बन्धीत उपसमितिका संयोजकहरुले प्रकाश पार्नुभएको थियो । महोत्सव मुल समिति संयोजक शोभाकान्त पौडेलको अध्यक्षतमा सम्पन्न कार्यक्रमको सञ्चालन महसचिव गिरमान गुरुङले गर्नुभएको थियो भने स्वागत वरिष्ठ उपाध्यक्ष अनन्तराज गैह्रेले गर्नुभएको थियो । महोत्सव सफल पार्नको लागी यहाँका स्थानीयहरुले आ–आफ्नो  स्थानबाट सक्दो पहल गर्न उद्योग वाणिज्य संघले अनुरोध गरेको छ । 
महोत्सवमा गाविसस्तरीय भलिबल प्रतियोगिता, स्याङजा डान्स आईडल फ्री वाईफाईको व्यवस्था, दर्शकहरुको लागी विभिन्न विधका स्तरीय पुस्तकहरुको सहज व्यवस्था, हेलिकप्टरमार्फत पर्यटकीय तथा महोत्सव परिसरको अवलोकनको  व्यवस्था, जलविहारजस्ता धेरै कुराहरु थप गरिएको आयोजनकले  जनाएको छ । व्यवसायीक चेतना अभिबृद्धि गर्ने, विभिन्न स्थानीय वस्तु तथा सेवाहरुको बजार प्रर्वद्धन गर्ने, हस्तकलाको खोजी तथा प्रवद्र्धन गर्ने, कृषि क्षेत्रका वस्तुहरुको विषेश प्रदर्शनीजस्ता उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । 
३ सय स्टलहरु रहने महोत्सवमा बैँक, अटोमोबाईल तथा सुचना प्राविधि, कृषि पशु तथा वनजन्य उत्पादनको प्रर्दशन, ऐतिहासिक धार्मिक तथा पुरातात्विक स्थलहरु लगायत पर्यटकीय स्थालहरुको फोटो प्रदशनीलगायतका स्टलहरु रहनेछन् भने २० ओटा  कृषि सम्बन्धी र १० वटा हस्तकला सम्बन्धी स्टलहरु रहनेछन् । माघ १३ देखि २३ सम्म १० दिन चल्ने छैँठौँ वालिङ महोत्सव २०७३ तथा क्षेत्रिय कृषि, पर्यटन, सांस्कृतिक एवम औधोगिक व्यापार मेला वालिङ खेलमैदानमा चल्नेछ । महोत्सवको ३ लाख दर्शकले अवलोकन गर्ने ८ करोडको आर्थिक कारोबार गर्ने आयोजकले दावी गरेको छ । जसमा १ करोड ७ लाख आम्दानी, ७० लाख खर्च र ४७  लाख बचत गर्ने आयोजकको लक्ष्य रहेको छ ।