अहिले तरंगमा

Nepali Bahas

केहि छिनमा

Goodmorning Aandhikhola

समाचार

व्यवसायीक अचारवाली बन्ने भीरकोटका महिलाहरुको प्रयास

news

रेडियो आँधीखोला,
वालिङ २५ पौष ।
भीरकोट नगरपालिकाले ३ दिने अचार बनाउने तालिम प्रदान गरेको छ । मण्डली कृषक समुह ढापुक ८ भीरकोटको समन्वयमा सञ्चालित तालिमबाट महिलाहरुलाई घरमै बसी बसी उद्यमी मनाउने प्रयास गरिएको छ । 
 
तालिमको समापन गर्दै भीरकोट वडा नं. १ का अध्यक्ष एवं नगरप्रवक्ता दिपेन्द्र केसीले महिला दिदिबहिनीहरुलाई स्थानीय रुपमै उपलब्ध हुने स्रोत र साधनको सहायताले घरमै सफल उद्यमी बनाउने अभियानमा नगरपालिका लागिपरेको बताउनुभयो । साथै केसीले तालिमको उचित प्रयोग गर्दै आर्थिक रुपमा सक्षम हुन सहभागिहरुलाई आग्रह गर्नुभयो । 
 
कार्यक्रममा नगरप्रमुखका स्वकिय सचिव नन्दु खनाल, महिला उद्यमी कुमारी रानालगायतले तालिम निकै फलदायी रहेको बताउनुभयो । २५ जना महिलाहरुको सहभागिता रहेको तालिममा चन्द्रकुमारी रानाले सहजीकरण गर्नुभएको थियो । समुहका अध्यक्ष तिलबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालन सचिव ज्योति विकले गर्नुभएको थियो । लप्सी, बयर, अमला, काउली, बन्दा, खुर्सानी, मुलालगायतका अचार बनाउनका लागी सैद्धान्तिक तथा प्रयोगात्मक तालिम  दिईएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...