अहिले तरंगमा

Nepali Bahas

केहि छिनमा

Goodmorning Aandhikhola

समाचार

५५ वर्षीय नेत्रहिन विकसंगै घुम्ती शिविरबाट २ सय ४२ जनाले नागरिकता लिए

news

रेडियो आँधीखोला,
वालिङ २५ पौष ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा बुधबार सम्पन्न घुम्ति शिबिरबाट कालिगण्डकी १ का ५५ बर्षिय नेत्रहिन शिबलाल कामीले नागरिकता लिनु भएको छ । सदरमुकाम पुगेर लिनु पर्ने नागरिकता गाउँघरमै घुम्ती शिविरबाट पाउँदा निकै खुसी हुनुभयो, विक भन्नुहुन्छ “सदरमुकामबाट टाढा रहेका हामीलाई यसरी घरमै नागरिकता पाउँदा सरकार घरमै आएजस्तो लाग्यो ।” 
 
त्यस्तै  ५५ बर्षिय खुनिकुमारी दर्लामीले समेत शिविरबाट नागरिकता लिनुभएको छ ।  जल्ला प्रशासन कार्यालय स्याङ्जाले जिल्लाका दुर्गम ठाउँका नागकिलाई सेवा दिने उदेश्यले आयोजना गरेको २ दिने घुम्ति शिबिरमा २ सय ४२ जनालाई नागरिकता पाएका छन् । शिविरबाट १ सय ५३ महिला र पुरुष ८९ लाई नागरिकता प्रदान गरिएको कार्यालयका प्रशासकिय अधिकृत सुरेश ढकालले बताउनुभयो ।
 
कार्यालयले  कालिगण्डकी गाउँपालिकाको समन्वय र सहयोगमा साविक आलमदेवि गाविस र चण्डीभञ्याङ गाविसको बीच भाग कोटाकोट आधारभुत विद्यालयमा शिविरको आयोजना गरेको हो । गाउँपालिकाको ३ वडा १, २ र ३ वडालाई लक्षित गर्दै शिविरको आयोजना गरिएको ढकालले बताउनुभयो ।  घुम्ति शिबिरमा जनजाति प्रमाणित १ सय २० र दलित प्रमाणित १० जनाको गरिएको छ । त्यस्तै शिबिरमा २ सय ६० जनाले फोटोसहितको मतदाता नामावलीको फोटो खिचाएका छन् । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...