अहिले तरंगमा

Nepali Bahas

केहि छिनमा

Goodmorning Aandhikhola

समाचार

जनकल्याण आधारभूत विद्यालयको रजत जयन्ती

आँधीखोला खबर
वालिङ, २६ पौष ।
जनकल्याण आधारभूत विद्यालय वालिङ १३ सिम्लेबारीको रजत जयन्ती अभिभावक दिवस तथा पुरस्कार वितरण समारोहको उद्घाटन गरिएको छ । रजत जयन्ती समारोहको बिहीबार वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले उद्घाटन गर्दै विद्यालयले यस क्षेत्रको शैक्षिक उन्नयनमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा अझै गुणस्तरीय शिक्षा प्रदान गर्नतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । “अभिभावकले विद्यार्थीलाई विद्यालयमा पठाउँदैमा मात्रै जिम्मेवारी पूरा हुँदैन” नगर प्रमुख खाँणले भन्नुभयो, “समय समयमा विद्यालयमा उपस्थित भएर बाबुनानीको शैक्षिक गतिविधिकाबारेमा र विद्यालयको शैक्षिक गतिविधिकाबारेमा चासो राख्ने गर्नुस् जसले शैक्षिक विकासमा टेवा पुग्ने छ ।” परिवर्तन विना नयाँ उपलब्धी हासिल नहुने बताउँदै नगर प्रमुख खाँणले नगरभित्र रहेका विद्यालयहरुमा प्राविधिक शिक्षा अध्ययन गराउने गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा भूपू सैनिक शान्तिप्रिय एकेडेमीका सहायक प्रिन्सीपल पारिश्वर न्यौपाने, जीवन ज्योति अंग्रेजी बोर्डिङ स्कूलका सहायक प्रिन्सीपल बाबुराम न्यौपाने, सरस्वति माध्यमिक विद्यालयका शिक्षक कृष्ण कुँवर लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक एकनारायण गैह्रेले विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको सो समारोहमा विद्यालयलाई जग्गादान गर्ने जग्गादाताहरुलाई सम्मान गरिएको थियो । विविध सांस्कृतिक कार्यक्रमसहित शुरु भएको उद्घाटन समारोहमा शिक्षिका मिना डालाले स्वागत गर्नुभएको थियो भने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जायश्वर न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक कृष्णप्रसाद गैह्रेले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...