अहिले तरंगमा

Nepali Bahas

केहि छिनमा

Goodmorning Aandhikhola

समाचार

भीरकोट ९ मा तीन महिने सिलाई कटाई तालिम शुरु

news

आँधीखोला खबर
वालिङ, २६ पौष ।
स्याङ्जाको भीरकोट नगरपालिकाद्वारा तीन महिने सिलाई कटाई तालिम बिहीबारबाट शुरु भएको छ । नगरपालिकाले महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउने उद्धेश्यले  सीपमुलक तालिम अन्तर्गत सिलाई कटाई तालिम प्रदान गरेको हो । तालिमको उद्घाटन गर्दै भीरकोट नगर उपप्रमुख सीमा केसी कर्माचार्यले महिलाहरुलाई उचित ज्ञान सीप सिकाई आर्थिक रुपमा सबल बनाउँदै आत्मनिर्भर बन्नमा प्रेरित गर्ने उद्धे्रश्यले तालिमको आयोजना गरिएको बताउनुभयो । नगर उपप्रमुख कर्माचार्यले ‘महिलासँंग उपमेयर’ कार्यक्रममार्फत प्रत्येक घरघरमा जाने भन्दै महिलाहरुलाई जागरुक भएर लाग्न पनि आग्रह गर्नुभयो । कार्यक्रममा ८ नं. वडा अध्यक्ष तनबहादुर गुरुङ, काँगे्रसका वडा सभापति भीमबहादुर गुरुङ, नगर प्रमुखका स्वकीय सचिव नन्दु खनाल, सिरकोट माविका प्रधानाध्यापक राजेन्द्र राना, तुल्सी रेग्मी लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । ३० जना महिलाहरुको सहभागिता रहेको तालिममा छैमाया गुरुङले सहजीकरण गर्नुहुनेछ । ९ नं. वडा अध्यक्ष भीमबहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत खगिसरा विकले र सञ्चालन सचिव शोभाकान्त पौडेलले गर्नुभएको थियो । 
 
 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...