अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

सातौँ वालिङ महोत्सवमा कृषि, पशुपंक्षी तथा हस्तकलालाई प्राथामिकता

news

 
रेडियो आँधीखोला,
वालिङ २८ पौष । 
सातौँ वालिङ महोत्सवको मिति नजिकिदै गर्दा हरेक दिन भिन्न – भिन्न उसमितिहरुले आफ्ना मातहतका निकायहरुसंग छलफललाई तिव्रता दिएको छन् । शनिबार कृषि तथा हस्तकला व्यवस्थानलाई कसरी प्रभावकारी बनाईने  भन्ने विषयमा छलफल तथा अन्र्तक्रिया भएको छ । कृषि मेला तथा हस्तकला व्यवस्थापन उपसमितिका संयोजक शिवलाल डुम्रेका अनुसार स्थानीय तह तथा जिल्लाका सम्बन्धीत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुबीचमा छलफल भएको हो । 
महोत्सवमा कृषि तथा पशुपंक्षी प्रर्दशनीका लागी ३० स्टलहरु निशुल्क हुनेछन् । स्थानीय हस्तकला तथा साना उद्योगका लागी १० स्टलहरु निशुल्क हुनेछन् । उपसमिति संयोजक डुम्रे भन्नुहुन्छ, “महोत्सवमा कृषि उत्पादन, कृषि सामाग्री, आधुनिक कृषियन्त्र प्रदशनी तथा बिक्री हुनुका सथौ अगुवा कृषक तथा विशेषज्ञ र क्रेता विक्रेताबीचमा समेत अन्र्तक्रिया हुनेछ ।” महोत्सवमा प्रदर्शनी र बिक्री हुनुका साथै किसानका गुनासा सुन्ने र समस्या समाधानका लागी सम्बन्धीत विशेषज्ञलाई नै कृषकसमक्ष आमनेसामने हुने अवसर हुने संयोजक डुम्रेको भनाई छ । 
कार्यक्रममा कृषि तथा पुशपंक्षी सम्बन्धी सरकारी निकायहरु कृषि सेवा केन्द्र वालिङ, पशु सेवा केन्द्र वालिङ, कृषि ज्ञान केन्द्र स्याङ्जा, प्रधानमन्त्री कृषि आधुनिकिकरण सुन्तला सुपर जोन, कपि व्यवसायी संघ, घरेलू तथा साना उद्यो विकास समिति, मत्य विकास कार्यालय मिर्मि, कफि विकास बोर्डलगायतका कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । त्यस्तै यहाँका अगुवा कृषकहरुले समेत छलफलमा भाग लिएका थिए । महोत्सवमा आँधीखोलाको माछा तथा विभिन्न प्रजातिका माछा, अर्गानिक कपी तथा अदुवा र विभिन्न पशुपंक्षीको प्रदशनी हुनेछ । सोही प्रदशनीलाई कसरी थप व्यवस्थीत गर्दै उत्कृष्ठ महोत्सवको रुपमा सातौँ महोत्सवलाई सावित गर्ने भन्ने विषयमा अन्र्तक्रिया गरिएको  हो । 
कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव आयोजक मूल समिति संयोजक शोभाकान्त पौडेल, संघका निवर्तमान अध्यक्ष पुण्यप्रसाद अर्यालले वालिङ महोत्सव स्याङ्जाकै पहिचान र गरिमा भएकाले महोत्सवलाई ऐतिहासिक बनाईने दावी गर्नुभयो । स्याङ्जाको मध्यभागमा रहेको वालिङ्मा वालिङ उद्योग वाणिज्य संघले प्रत्येक २÷२ वर्षको अन्तरालमा वालिङ महोत्सव तथा गण्डकी प्रदेशस्तरीय औद्योगिक, कृषि, पर्यटन, सांस्कृतिक एवं व्यापार मेला आयोजना गर्दै आईरहेको छ । महोत्सव यही माघ १७ देखि २८ गतेसम्म वालिङ खेलमैदानमा हुनेछ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...