अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

नेपाल रेडक्रस सोसाईटी महापुर उपसाखाको चौँथो अधिवेसन

news

 
 
 
रेडियो आँधीखोला,
वालिङ २८ पौष । 
नेपाल रेडक्रस सोसाईटी महापुर उपसाखा भीरकोट ५ को वार्षिक साधारण सभा तथा चौँथो अधिवेसन शनिबार सम्पन्न भएको छ । साधारण सभा तथा अधिवेसनको उद्दघाटन गर्दै नेपाल रेडक्रस सोसाईटी जिल्ला अध्यक्ष भुवनबहादुर पौडेलले रेडक्रसका सात सिद्धान्त र मानवीय सेवा भावमा जागृत भई रेडक्रसमा समाहित हुन आग्रह गर्नुभयो । साथै उहाँले संस्था कुनै राजनितिक संस्था नभई बिसुद्ध मानव सेवाको संस्था भएकाले संस्थामा आवद्ध हुन आग्रह गर्नुभयो । 
कार्यक्रममा रेडक्रसका मन्त्री दिनेश अर्याल, रेडक्रसका पुर्व अध्यक्ष तोयनाथ अर्याल, बालोदय माविका प्रिन्सीपल अमृत अर्याल, आजिवन सदस्य प्रेमनारायण अर्याल, शेषकान्त खनाललगायतले बोल्नुभएको थियो । 
अधिवेसनबाट अध्यक्षमा जगनाथ अर्याल, सदस्यहरुमा  अमृत अर्याल, हरिप्रसाद अर्याल, बद्रीप्रसाद अर्याल, भविश्वर कोईराला, भगवती  रेग्मी, प्रेमनारायण अर्याल, प्रेमनारायण खनाल, शेषकान्त खनाल र दिलबहादुर नेपाली  रहनुभएको छ । चक्रपाणी कोईरालाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन प्रमेनारायण खनालले गर्नुभएको थियो ।
यसैबीच यता नेपाल रेडक्रस सोसाईटी आँधीखोला उपसाखाको नवौँ साधारण तथा तेस्रो अधिवेसन सम्पन्न भएको छ । कार्यँक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला उपसभापति लक्ष्मीकान्त रेग्मी, पेखू बाघखोर उपसाखा अध्यक्ष विष्णुप्रताप खांणलगायतले रेडक्रस नितान्त मानव सेवामा समर्पित संस्था भएकाले मानव नै मानवको सेवक बन्नुपर्ने बताउनुभयो । यसैबीच तेस्रो अधिवेसनबाट अध्यक्षमा विद्या श्रेष्ठ, सदस्यहरुमा कमलप्रसाद पाण्डे, सुरेशप्रसाद गैह्रे, राधाकृष्ण डुम्रे, श्रीकृष्ण सिग्देल, संजय श्रेष्ठ, कृष्णप्रसाद पंगेनी, रिना भट्टराई, मधुसुदन उपाध्याय र संजितकुमार शाही रहनुभएको छ । 
 

 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...