अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

वालिङ ४ मा नेपाली कागे्रसको गाउँ जागरण अभियान

news

रेडियो आँधीखोला,
वालिङ २८ पौष । 
नेपाली कागे्रसको गाउँ जागरण अभियान तथा तुलसिंह गुरुङको सम्झनामा शोकसभा शनिबार वालिङ ४ मा सम्पन्न भएको छ । 
कार्यक्रममा बोल्दै कागे्रसका पुर्व जिल्ला सभापति एवं सांसद तथा जागरण अभियानका वालिङ संयोजक खगेन्द्रराज रेग्मीले कागे्रसले आफ्नो पुरानो शैलीलाई परिर्माजन गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । कागे्रसको उर्वरभुमी स्याङ्जालाई सोही स्थितिमा पु¥याउन पार्टी एकताका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा वालिङ नगरउपप्रमुख एवं कागे्रस महाधिवेसन प्रतिनिधि कल्पना तिवारीले  कागे्रस विकासप्रेमी पार्टी भएको भन्दै हरबखत जनताको सेवामा समर्पित रहेको बताउनुभयो । 
कार्यक्रममा पुर्व कार्यबहाक सभापति मुक्ति सुवेदी,  क्षेत्रिय सभापति अर्जुनप्रकाश अर्याल, वालिङ नगरप्रवक्ता एवं वडा अध्यक्ष केदार काफ्ले, नेता नेत्र पाण्डे, क्षेत्रिय सचिव दामोदर लम्साल, पुर्व केन्द्रिय सदस्य गोविन्द पंगेनी, नेविसंघ जिल्ला कोषाध्यक्ष धु्रव पंगेनी, नगरसभपाति दिक्षान्तप्रताप खांणलगायतले बोल्नुभएको थियो । हरकिसन गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत तोलकान्त रिजाल र सञ्चालन सत्ताबहादुर गुरुङले गर्नुभएको थियो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...