अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

तेस्रो बयरघारी महोत्सवका लागी जनप्रतिनिधिहरुबीचमा अन्र्तक्रिया

news

 
 
 
 
रेडियो आँधीखोला,
वालिङ २८ पौष । 
स्याङ्जाको भीरकोट बयरघारीमा हुने तेस्रो वयरघारी महोत्सव – २०७५ का लागी आज छलफल भएको छ । स्थानीय आँधिखोला पिस यूथ क्लवले आगामी फागुन १७ देखी २७ सम्म वयरघारी स्थित सिसौघारी खेलमैदानमा हुने महोत्सवका बारेमा जनप्रतिनिधिहरु विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, आमा समूह स्थानीय व्यवसायीहरु लगायतसँग छलफल तथा अन्र्तक्रिया भएको हो ।  समाज र राष्ट्र विकासको लागि यूवा एकता भन्ने नारा सहित महोत्सवको आयोजना गर्न लागेको हो । 
 
कार्यक्रममा बोल्दै नगर प्रमुख छायाराम खनालले महोत्सवले स्थानिय व्यवसायीहरुको व्यवसाय प्रवद्र्धन गर्न आयोजकले भुमिका निर्वाह गर्नुपर्ने भन्दै नगरपालिकाभित्र रहेका विभिन्न जात–जातीका संस्कृतिहरुलाई समेटी क्लब र भीरकोट नगरपालिकाको पहिचान झल्काउन आयोजक लाग्नुपर्ने बताउनुभयो । 
 
नगर उप–प्रमुख सिमा के.सी. कर्माचार्याले आँधिखोला पिस यूथ क्लबले विगतमा दुई वटा रमाईलो मेला सम्पन्न गरिसकेको भन्दै अब हुने महोत्सव पनि सभ्य अनि भव्यताका साथ सफल पार्न सबै संघ संस्थासँग समन्वय गर्न आयोजकलाई आग्रह गर्नुभएको थियो ।
 
छलफल कार्यक्रममा आमा समूहहरुको तर्फबाट मिन कुमारी अधिकारी, भीरकोट नगरपालिकाका बोर्ड सदस्य विन्दु खड्का, वडा अध्यक्षहरु लक्ष्मण खत्री, भिम बहादुर गुरुङ्ग, तन बहादुर गुरुङ्ग, कमल त्रिपाठी, बाबुराम श्रेष्ठ, याम प्रसाद अधिकारी(लक्ष्मण), दिपेन्द्र के.सी.ले भीरकोटको पहिचानका लागि महोत्सव आयोजना गरेकोमा सफलताको शुभकामना व्यक्त गरेका थिए ।
 
कार्यक्रममा महोत्सव सफल पार्न विभिन्न उप–समितिहरु समेत गठन गरेको छ । क्लबका अध्यक्ष एवं महोत्सव मूल समारोह समितिका संयोजक राज कुमार गुरुङ्गको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमको संचालन क्लबका सचिव सुस्मिता गुरुङ्गले गर्नुभएको थियो । तेस्रो बयरघारी महोत्सवमा जिल्लाकै सर्वाधिक राशी भएको भलिबल प्रतियोगिता मुख्य आर्कषण रहेको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...