अहिले तरंगमा

Bhanchhin Aama

केहि छिनमा

Khulduli.com

समाचार

सय किलोमिटर अन्तराष्ट्रिय माउन्टेन बाईक प्रतियोगिताको प्रचारका लागी प्रोमो

news

रेडियो आँधीखोला,
वालिङ १ माघ ।
सातौँ वालिङ महोत्सवमा हुने १ सय किलोमिटर अन्तराष्ट्रिय माउन्टेन बाईक प्रतियोगिताको प्रचारप्रसारका लागी निर्माण गरिएको प्रोमो सार्वजानिक गरिएको छ । वालिङ नगरपालिकाको वन्डरफुल वालिङले वालिङ उद्योेग वाणिज्य संघसंग समन्वय गर्दै महोत्सवका अवसरमा यही माघ १८ गते फेब्रुअरी ज्ञकत मा आयोजना गरिने १ दिवसीय माउन्टेन बाईक प्रतियोगिता एवं पहाडी साईकल यात्राको प्रचारका लागी उक्त भिडियो सार्वजानिक गरिएको हो । 
३ मिनेट ७ सेकेण्डको उक्त भिडियोमा वालिङ नगरपालिकाभित्रको संस्कृति, पर्यटन र प्रकृतिलाई समेट्ने प्रयास गरिएको छ । प्रोमो सार्वजानिकिकरण कार्यक्रमबा बोल्र्दै जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख सिता सुन्दासले स्याङ्जाले पर्यटनको क्षेत्रबाट आफ्ना पाईला अगाडि बढाईरहको भन्दै पर्यटनकै क्षेत्रबाट स्याङ्जा समृद्ध हुने बताउनुभयो । साथै प्रमुख सुन्दासले स्याङ्जालीले नेपालमै प्रथम साहसिक अन्तराष्ट्रिय प्याराग्लाईडिङ प्रतियोगिताको सफलतापुर्वक सम्पन्न गरिसकेको अवस्थामा अन्तराष्ट्रिय माउन्टेन बाईक प्रतियोगिता हुनु दोस्रो सफलता रहेको बताउनुभयो । पर्यटनको विकासका लागी यहाँका युवाहरुको सक्रियता निकै पं्रशसनीय रहेको भन्दै यसका लागी सबैको सहयोग रहनुपर्ने बताउनुभयो । कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष ल्या. यामबहादुर गुरुङ, संघका उपाध्यक्ष गिरमान गुरुङ, वालिङ क्याम्पसका प्रमुख सचितानन्द यादवलगायतले समेत सफलताको शुभकामना व्यक्त गर्नुभयो । वन्डरफुल अभियानका अभियन्ता दिनकर नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन हरि डुम्रेले गर्नुभएको थियो ।  कार्यक्रममा गुरुङ समुदायको घाटू नाँच समेत प्रर्दशन गरिएको थियो । 
महोत्सवको दोस्रो दिन १८ गते बिहान सात बजेबाट सुरु भएर दश घण्टामा प्रतिस्पर्धीले तोकिएको दूरी पूरा गर्नुपर्ने प्रतियोगिताको टाइटल पुरस्कार ५ लाख रुपैया रहेको छ । प्रतियोगितामा महिला तथा पुरुषको संयुक्त प्रतिस्पर्धा रहनेछ भने प्रतियोगितामा पुरुष र महिलाको छुट्टाछुट्टै विजेतालाई पनि पुरस्कृत गरिनेछ । जसअनुसार पुरुषतर्फको विजेताले १ लाख ५० हजार र महिलातर्फ ३ लाख नेपाली नगद पुरस्कारका साथै पदक र प्रमाणपत्र पनि प्रदान गरिनेछ । 
यसैबीच वन्डरफुल वालिङ पर्यटन विकास सूचना केन्द्रको समेत मंगलबार उदघाटन गरिएको छ । वालिङ ८ मोडमा रहेको सूचना केन्द्रबाट पर्यटकले वालिङ नगरपालिकाभरीका पर्यटकीय स्थलहरुको सूचना प्राप्त गर्नेछन् । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...