अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

४० बर्ष पूरा

वालिङ, १७, पौष
विपी कोइरालासहित नेपाली कांग्रेसका संस्थापक नेताहरु मेलमिलापको नीति लिएर भारतबाट स्वदेश फर्किएको ४० बर्ष पूरा भएको छ । आठबर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते कांग्रेस नेताहरु विपी कोइराला, गणेशमान सिंह, रामबाबु प्रसाई, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेता राष्ट्रिय एकता र मेलमिलापको नारा लिएर नेपाल फर्किनुभएको थियो ।
 
यसै सन्दर्भमा यता नेपाली काँग्रेस वालिङ वडा नं. ३ को आयोजनामा आईतबार बीपीचोकमा बीपीको शालिकमा माल्यार्पण तथा मेलमिलाप दिवससम्बन्धी प्रवचन कार्यक्रम गरिएको थियो ।
 
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस महासमिति सदस्य एवं पूर्व नगर प्रमुख भोजराज अर्यालले बीपीले आजभन्दा ४० वर्ष अगाडि ल्याएको मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो । नेता अर्यालले मेलमिलाप दिवसले पार्टीलाई अझै एकढिक्का बनाई अगाडि बढाउन मद्धत गर्ने विश्वास समेत ब्यक्त गर्नुभयो ।
 
कार्यक्रममा काँग्रेस पूर्व जिल्ला उपसभापति मुक्तिप्रसाद सुबेदीले महामानव विश्वेश्वरप्रसाद कोईरालाले अगाडि सार्नुभएको मेलमिलापको नीतिलाई आत्मसात गर्नुको विकल्प नभएको बताउनुभयो ।
 
सो कार्यक्रममा काँग्रेस महासमिति सदस्य सरस्वती तिवारी, काँग्रेस क्षेत्रीय सभापति अर्जुनप्रकाश अर्याल, काँग्रेस महाधिबेशन प्रतिनिधि एवं महिला संघ जिल्ला अध्यक्ष कल्पना तिवारी, महाधिबेशन प्रतिनिधि विष्णु पौडेल, पूर्व क्षेत्रीय सभापति केदार काफ्ले, ट्रेड युनियन काँग्रेस जिल्ला अध्यक्ष ध्रुबप्रसाद शर्मा पंगेनी, काँग्रेस जिल्ला कार्य समिति सदस्य अर्जुनप्रसाद खनाललगायतले आजको दिनमा राष्ट्रिय मेलमिलाप दिवसको महत्वकाबारेमा मन्तब्य राखेका थिए ।
 
उता काँग्रेस वालिङ नगर सहसचिव टिकाराम तिवारीको स्वागतसँगै शुरु भएको कार्यक्रम काँग्रेस वालिङ ३ का वडा सभापति कमलप्रसाद सुबेदीको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन वडा सचिव तोलाकान्त बगालेले र धन्यवाद मन्तब्य नगर सचिव भुपराज बगालेले गर्नुभएको थियो ।
 
उता नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरीले महामानव वीपी कोइरालाका बिचार र सिद्धान्त आज पनि समय सापेक्ष रहेको र भोली पनि सान्र्दभिक नै रहने बताउनुभएको छ ।  नेपाली कांग्रेस स्याङ्जाद्धारा आयोजित ४१ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा बोल्दै केन्द्रीय सदस्य चौधरीले जतिवेला संबिधानमा समावेशी उल्लेख नभएता पनि वीपीले ब्यवहारमा समावेशीता अपनाएका कारण आजसम्म उहाका विचार र सिद्धान्तको सान्र्दभिकता रहिनै रहेकोमा जोड दिनुभयो । पूर्व स्वास्थ्य मन्त्री समेत रहेका चौधरीले उग्रराष्ट्रवादले राष्ट्रियता नहुने बताउदै ओलीको जस्तो खोक्रो राष्ट्रवाद बिरुद्ध लोकतन्त्रबादीहरु एकजुट हुन आग्रह गर्नुभयो । सो अवसरमा ब्यवस्थापिका सांसद राजु थापाले हिमाल, पहाड र तराईबीचको वैमनस्यता चिर्दै भाइचाराको सम्बन्ध बढाउन पनि नेपाली कांग्रेसको भूमिका उल्लेख्य रहनेमा जोड  दिनुभयो । कार्यक्रममा पूर्व सांसद खगेन्द्रराज रेग्मी, स्वतन्त्रता सेनानी तारापती सुवेदी, महासमिति सदस्य त्रय भोजराज अर्याल, गोबिन्दबहादुर रानाभाट र तुलसी गिरी, नेपाल महिला संघका केन्द्रीय सदस्य सरस्वती तिवारी, महिला संघका सभापति कल्पना तिवारी, महाधिवेशन प्रतिनिधि देवेन्द्र गुरुङ, दलित संघका सभापति लीलबहादुर रनापाल, नेपाल बिद्यार्थी संघका सभापति अजित क्षेत्री लगायतले वीपीका बिचार र सिद्धान्तलाई नेपाली कांग्रेसले अनुकरण गर्दै जानु पर्नेमा जोड दिनुभएको थियो । ब्यवस्थापिका सांसद एवं नेपाली कांग्रेस सभापति कमलप्रसाद पंगेनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष प्रेमराज पौडेलले स्वागत एवं जिल्ला सचिव कुमार रानाले संचालन गर्नुभएको थियो । 
 
त्यस्तै ४१ को राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर तरुणहरुको लागि बिशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । तरुण दल १ को क्षेत्रीय समितिद्धारा आईतबार आयोजित प्रशिक्षण कार्यक्रममा बोल्देै प्रशिक्षक एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद धनराज गुरुङले वीपीका बिचार र सिद्धान्तका बारेमा जानकारी गराउन र लोकतन्त्रको वृहत परिभाषा बुझाउन पनि यस्ता प्रशिक्षण प्रभावकारी रहनेमा जोड दिनुभयो । 
प्रशिक्षक एवं सांसद गुरुङले तरुण दलको इतिहासदेखि बर्तमान र नेपाली कांग्रेसको भावी कार्यदिशाकाका बारेमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा ब्यवस्थापिका सांसद द्धय कमलप्रसाद पंगेनी र राजु थापा, पूर्व सांसद खगेन्द्रराज रेग्मी, कांग्रेस नेता शिव गिरी, महासमिति सदस्य देवी अर्याल, तरुण नेता मुक्ति अधिकारी लगायतले तरुण र नेपाली कांग्रेसको भूमिकाका बारेमा जानकारी गराउनुभएको थियो । 
तरुण दल १ का क्षेत्रीय सभापति गणेशबिक्रम शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा तरुण नेता डोरबहादुर मल्लले स्वागत एवं क्षेत्रीय सचिव सुजाता रोकाहाले संचालन गर्नुभएको थियो ।