अहिले तरंगमा

Sajha Sawal

केहि छिनमा

Songs

समाचार

छायाक्षेत्र मन्दिरमा श्रद्धालु भक्तजनको निशुल्क आँखा परिक्षण

news

 
 
 
रेडियो आँधीखोला,
वालिङ १ माघ ।
स्याङ्जाको प्रसिद्ध मन्दिर छायाँक्षेत्र शिव मन्दिरमा माघे सक्रान्तिका अवसरमा निशुल्क आँखा परिक्षण गरिएको छ । माघे सक्रान्ति स्नान तथा पुजापाठ गर्न आउने भक्तजनहरुलाई मध्यनजर गर्दै आँखा शिविर समेत आयोजना गरिएको छाँयाक्षेत्र सेवा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले बताउनुभयो । 
माघे सक्रान्ति, एकादशी, नयाँ वर्ष, शिवरात्री, साउने सोमबारलगायतमा यहाँ भक्तजनहरु स्नात तथा पुजा पाठको लागी आउने गरेका छन् । ऐतिहासिक महत्व रहेको छायाँक्षेत्र मन्दिरमा मंगलबार समेत करिव १५ सय भक्तजनहरुले स्नान तथा मन्दिर दर्शन गरेका छन् ।  हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा मन्दिरले शिविरको आयोजना गरेको हो । शिविरमा २ सय ३० जनाले आँखा परिक्षण गरेका छन् । परिक्षण गरिएका मध्ये ९५ जनाले चस्मा लगाएका छन् भने केहिले औषधी समेत प्राप्त गरेका छन् । 
मन्दिर व्यवस्थापन समितिका सचिव कृष्णप्रसाद श्रेष्ठका अनुसार मंगलबार २७ हजार ४ सय ३ रुपैँया भेटि संकलन भएको छ । रसिदबाट ४ हजार ९८, भजन मण्डलीबाट १२ हजार ३ सय २५, दानपेटिबाट ६ हजार ८ सय ८०, स्टल विक्रिबाट २६ सय र पार्किङबाट १५ सय संकलन भएको हो । यसरी मन्दिरमा संकलित भेटि मन्दिरको भौतिक निर्माण तथा मन्दिर व्यवस्थापनमै खर्चिने गरिएको समितिले जनाएको छ । मनोकांक्ष पुरा हुने जनविश्वासका साथ यहाँ कास्की, पर्वत, पाल्पा, गुल्मी, रुपन्देहीबाट समेत भक्तजनहरु यहाँ आउने गरेका छन् । यस्तै स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधाम राम्दी, गुल्मी, स्याङ्जा र पाल्पाको संगमस्थल रिडीमा समेत भक्तजनहरुले स्नान तथा पुजापाठ गरेका छन् । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...