अहिले तरंगमा

Sajha Sawal

केहि छिनमा

Songs

समाचार

आज पनि छलफल गरियो

आँधीखोला खबर
वालिङ, २ माघ ।
 
वालिङ उद्योग वाणिज्य संघ र वालिङ नगरपालिकाको संयुक्त आयोजनामा यही माघ १७ देखि २८ गतेसम्म वालिङ खेलमैदानमा हुने सातौं वालिङ महोत्सवको तयारीलाई तीब्र पारिएको छ । ‘हाम्रो गौरब हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने मुलनाराका साथ हुने सातौं संस्करणको महोत्सवको समय नजिकिँदै गर्दा आयोजकले तयारी तथा छलफलको क्रमलाई पनि बढाएको छ । 
 
यसैक्रममा आज वालिङ महोत्सवको तयारीका विषयमा वालिङ उद्योग वाणिज्य संघका पदाधिकारी, सल्लाहकारहरु, महोत्सव सल्लाहकारहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु तथा महिला उद्यमी विकास उपसमितिका पदाधिकारी एवम् सदस्यहरुबीच संयुक्त भेला तथा छलफल भएको हो ।
 
भेलामा बोल्ने वक्ताहरुले विगतका महोत्सवहरुबाट प्राप्त सिकाईलाई आत्मसात गर्दै सातौं वालिङ महोत्सवलाई भब्य र सभ्यरुपमा सम्पन्न गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । वक्ताहरुले महोत्सवले कृषि र पर्यटनका क्षेत्रमा विशेष गरी जोड दिनुपर्ने सुझाव पनि सो अवसरमा दिईएको थियो ।
 
कार्यक्रममा गण्डकी प्रदेश विधायन समिति सभापति मोहन रेग्मी, वालिङ नगर प्रमुख दिलिपप्रताप खाँण, ईलाका प्रशासन कार्यालय, वडा प्रहरी कार्यालय, अनुगमन तथा मूल्याङ्कन उपसमिति संयोजक यामबहादुर गुरुङ, महोत्सव सुरक्षा ब्यवस्थापन उपसमिति संयोजक कृष्ण खाँण, राजनीतिक दलहरुबाट श्यामप्रसाद अर्याल, टीकाराम रेग्मी, शैक्षिक, सूचना प्रविधि तथा पुस्तक प्रदर्शनी उपसमिति संयोजक नासिर खाँ लगायतले प्रतिबद्धता तथा सुझावहरु राख्नुभएको थियो ।
 
वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवम् सातौं वालिङ महोत्सवका संयोजक शोभाकान्त पौडेलको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन महासचिव केशरबहादुर खाँण (ध्रुब) ले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...