अहिले तरंगमा

Sajha Sawal

केहि छिनमा

Songs

समाचार

बोटबाट सुन्तला बिक्री, १७ लाख आम्दानी

news

आँधीखोला खबर
वालिङ, २ माघ ।
 
स्याङ्जाको गल्याङ नगरपालिका ७ सिरौंसाका भुपराज भण्डारीले सुन्तला बिक्रीबाट कम्तिमा पनि सत्र लाख आम्दानी हुने बताउनुभएको छ । बुवा टीकाराम भण्डारीले २०३० सालमा ३५ वटा सुन्तलाका विरुवा लगाएर थाल्नुभएको ब्यवसाय हाल भण्डारी परिवारको मुख्य आम्दानीको श्रोतकोरुपमा रहेको छ ।
 
“बुवाले थाल्नुभएको ब्यवसाय राम्रो हुँदै गयो र हामी तीन भाई ५ वर्ष मलेसिया बसेर त्यहाँबाट फर्केर बुवाले थाल्नुभएको सुन्तला खेतीलाई ब्यवसायिक तरिकाले सञ्चालन ग¥यौं” सुन्तला ब्यवसायी भण्डारीले भन्नुभयो, “हाल ४२ रोपनी क्षेत्रफलमा १५ सय सुन्तलाका बोट छन् भने ८ सय ५० वटाले उत्पादन दिने गरेका छन् ।”
 
भण्डारीले सुन्तला बिक्रीबाट २ वर्ष अगाडि २२ लाख, गतवर्ष १७ लाख र यसवर्ष भने भर्खरैमात्रै सुन्तला बिक्री शुरु भएकाले यसवर्ष कम्तिमा पनि १७ बराबरको सुन्तला बिक्री हुने बताउनुभएको छ । “अन्यत्र प्राय जसो सुन्तला बिक्री गरेर सकिसक्नुभएको छ” सुन्तला ब्यवसायी भण्डारीले भन्नुभयो, “पहिला बिक्री गर्दा बजार मुल्य सस्तो हुने भएकाले मैंले प्रत्येक वर्ष ढिलो सुन्तला बिक्री गर्ने गरेको छु ।”
 
स्थानीय बजारमा मात्रै सुन्तला खपत हुन नसक्ने भएकाले नवलपरासी, चितवन तथा पोखराबाट ब्यापारीहरु आएर ठेक्कामा अहिले प्रतिकेजी रु ७० का दरले लैजाने गरेको ब्यवसायी भण्डारी बताउनुहुन्छ ।
 
“मलाई त्यो बेला याद छ आजभन्दा ३५ वर्षअघि बुवाले कृषि विकास बैंकबाट ऋण लिएर कोदो, मकै, तोरी हुने बारीमा सुन्तला खेती गर्दा छिमेकीले अन्न हुने बारी बिगा¥यो भन्नुहुन्थ्यो” सुन्तला ब्यवसायी भण्डारीले भन्नुभयो, “अहिले सुन्तला नै हाम्रो प्रमुख नगदे बाली र आम्दानीको श्रोत भएको छ ।”
 
गल्याङ ७ सिरौंसामा भण्डारी परिवारले सुन्तलाबाट आम्दानी लिन थालेसँगै त्यहाँ रहेका प्रत्येक ४२ घरमा सुन्तलाका बोट छन् भने प्रत्येक घरले कम्तिमा ५० हजारदेखि बढीमा १७ देखि २२ लाखसम्म आम्दानी गर्नेहरु छन् । सुन्तला ब्यवसायी भण्डारीका अनुसार यस गाउँबाट मात्रै वर्षेनी ८० लाख जतिको सुन्तला बिक्री हुने गरेको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...