अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

स्याङ्जाली सम्पर्क सदनद्वारा मिर्गौला पीडित माझीलाई सहयोग

news

आँधीखोला खबर
वालिङ, २ माघ ।
स्याङ्जाली सम्पर्क सदनले मिर्गौला पीडित युवकलाई आर्थिक सहयोग गरेको छ । वालिङ ९ कल्लेरी निवासी २६ वर्षिय मिर्गौला पीडित पदमबहादुर माझीकी बहिनी मनिसा माझीलाई १३ हजार ३३३ रुपैयाँ प्रदान गरिएको हो । आज पूर्णामृत भवानी माध्यमिक विद्यालयमा रकम हस्तान्तरण गर्दै विद्यालयका प्रधानाध्यापक पर्शुराम लम्सालले मिर्गौला पीडित माझीको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।
स्याङ्जाली सम्पर्क सदन पोखराको २५औं वार्षिक साधारणसभा तथा १२आंै अधिबेशनका अवसरमा सदनका आजीवन सदस्यहरुबाट संकलन गरिएको रकम सहयोग गरिएको अन्तर समाज महासंघका केन्द्रीय सदस्य यज्ञपुरुष रिजालले बताउनुभयो । माझीको हालसम्म तीन लाख खर्च भैसकेको र घरको आर्थिक अवस्था कमजोर भएकोले सर सापटबाट खर्च जुटाईएको पीडितकी बहिनी मनिसा माझीले बताउनुभयो । दाईको उपचारमा सक्दो सहयोग गरिदिन पनि उहाँले अनुरोध गर्नुभएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...