अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

कांगे्रसको विधान र आर्दशमा रहेर पार्टी अगाडि बढ्छः नेता पौडेल

news

रेडियो आँधीखोला,
वालिङ ६ माघ ।
नेपाली कागे्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कागे्रस एक भएको दावी गर्नुभएको छ । नेता पौडेलले स्याङ्जाको वालिङ्मा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै कागे्रस एक पार्टी भएको आगामी दिनमा समेत एक रहने दावी गर्दै भन्नुभयो, “कागे्रसमा कुनै देउवा पार्टी र पौडेल पार्टी छैन् केवल कागे्रस पार्टी छ ।” कागे्रसको विधान र आर्दशमा रहेर पार्टी अगाडी बढ्नेछ । 
नेता र नेतृत्व तहको मुल्यांकन कार्यकर्ताले गर्नुपर्ने भन्दै नेता पौडेलले भन्नुभयो, “नेताको मुल्यांकन कार्यकर्ताले गर्नुपर्छ, कार्यकर्ताको मुल्यांकन नेताले, हामी भित्रै सुध्रिने र सुधारिने परिपाटी हुनुपर्छ ।” महासमिति बैठकले पार्टीमा एकताको विजारोपण गरेको भन्दै नेता पौडेलले भन्नुभयो, “केहि मान्छे महासमिति बैठकमा विधान पास नहोस भन्ने चाहाना भएका पनि थिए”  पार्टीलाई बलियो कसरी बनाउने भन्नेतर्फ कार्यकर्तालाई केन्द्रित हुन आग्रह गर्दै पौडेलले भन्नुभयो, “दुई तिहाईको कम्युनिष्टलाई कसरी सामना गर्ने भन्ने सोँचविचारका साथ पार्टी अगाडि बढ्नुपर्छ ।”  
कागे्रस खलबलिएकै कारण निर्वाचनमा हार बेहोर्न बाध्य पार्टीलाई आगामी निर्वाचनका बेला सम्म बलियो बनाउनुका लागी कार्यकर्ता माँझमा आँफू प्रस्तुत भएको नेता पौडेलको दावी थियो । 
कार्यक्रममा नेपाली काग्रेसका केन्द्रिय सदस्य धन राज गुरुङ्, पुर्व सभापति एवं सांसद खगेन्द्रराज  रेग्मी,  संविधान सभा सदस्यद्धोय मोहन पाण्डे र राजु थापा, स्वतन्त्र सेनानी सुर्यप्रसाद रेग्मी, काग्रेस नेता छायाँराम खनाल, नेपाल महिला संघ केन्द्रिय उपाध्यक्ष सरस्वति तिवारी, क्षेत्र नं. १ का सभापति तुल्सीराम रेग्मी, नेपाल शिक्षक संघका केन्द्रिय उपाध्यक्ष भरत  लम्साल, 
महाधिवेसन प्रतिनिधि विष्णु पौडेल, लिल बहादुर रनपाल, नेपाली कागे्रसका साविक क्षेत्र नं. ३ का कार्यबहाक सभापति हरिबाबु पोखरेल वालिङ नगरकार्यबहाक सभापति भिमलाल सुवेदी, तरुण दल क्षेत्र न.. १ का क्षेत्रिय अध्यक्ष कुमबहादुर गुरुङ, विद्यार्थी नेता सुनिल चापागाँईलगायतले कागे्रसको वर्तमान राजनितिक अवस्थाका बारेमा चर्चा गर्नुभएको थियो । 
जिल्ला कार्यबहाक सभपाति कुमार रानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत क्षेत्रिय सभापति अर्जुनप्रकाश अर्याल र सञ्चालन प्रवक्ता ईन्द्र गोदारले गर्नुभएको थियो ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...