अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

माघमा हुने भनिएको अन्तराष्ट्रि माउण्टेन बाईक म्याराथन चैत्रमा स¥यो

news

रेडियो आँधीखोला,
वालिङ ६ माघ ।
वण्डरफूल वालिङ पर्यटन विकास संस्थाले माघमा आयोजना गर्ने भनिएको अन्तराष्ट्रि एक सय किलोमिटरको माउण्टेन बाईक म्याराथन नहुँने भएको छ । संस्थाले वालिङ उद्योग वाणिज्य संघसंग समन्वय तथा सहकार्य गर्दै माघ १८गते सातौँ वालिङ महोत्सवको अवसरमा आयोजना गर्ने भनिएको म्याराथन नहुँने भएको छ । 
माघ १८ गते महोत्सवको दोस्रो दिन आयोजना गर्ने यसअघि तय भएपनि माघमा म्याराथन नहुने भएको भएको हो । वन्डरफूल पर्यटन विकास संस्थाले एक सूचना प्रकासित गर्दै चैत्र १ गते सारिएको जनाएको छ । संस्थाका अध्यक्ष दिनेश तिवारीद्धारा हस्ताक्षरित सूचनामा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुद्धारा तयारीका लागी प्रयाप्त समय नदिएको गुनासोलाई सम्बोधन गर्दै उक्त निर्णय लिन बाध्य भएको उल्लेख गरिएको छ । परिवर्तित कार्यतालिका अनुसारको विवरण छिट्टै आफ्नो वेभसाईटमा राख्ने समेत संस्थाले जनाएको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...