अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

सीप परिक्षणमा उत्तिर्ण भएका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण ।

news

 
 
 
 
 
 
 
रेडियो आँधीखोला,
वालिङ ६ माघ ।
स्याङजाको गल्याङमा सञ्चालित तिन महिने निशुल्क तालिमका सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । गल्याङमा सञ्चालित विल्डिङ ईलेक्ट्रिसियन लेभल ए का सहभागीहरु मध्ये सीप परिक्षणमा उत्तिर्ण भएका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको हो । 
गत असारमा सिटीईभिटी अन्तर्गतको राष्ट्रिय सीप परिक्षण समितिले उनीहरुको सीपको परिक्षण गरेको थियो । नेपाल सरकार शिक्षा मन्त्रालय ईभेन्ट परियोजना दोस्रोको आर्थिक सहयोग तथा हेल्भेटास ईन्स्योर प्रोजेक्टको प्राविधिक सहयोगमा तालिमको सञ्चालन गरिएको हो । 
स्याङजामा सञ्चालित तालिमको संयोजन तथा आयोजना गौरव ईन्टिग्रेटेड डेभलपमेन्ट एसोसिएट्स नेपाल र कस्मोपोलिटन कन्सल्टेन्ट एण्ड टेक्निकल एजुकेशन सेन्टरले गरेकाहुन् ।
कार्यक्रको वारेमा जानकारी दिदै सि टु टेकका राष्ट्रिय तालिम संयोजक राजकुमार खड्काले सीप मुलक तालिमलाई आफूहरुले निरन्तरता दिने वताउनु भयो । तालिमका सहभागीहरु मध्ये सीप परिक्षणमा उत्तिर्ण भएका १७ जना प्रशिक्षार्थाीहरुलाई पनि प्रमाणपत्र वितरण गरिएको छ । सो अवसरमा सिटुटेकका राष्ट्रिय तालिम संयोजक राज कुमार खड्का,अनुगमन अधिकृत कमल प्रसाद भट्टराई, गण्डकी प्रदेश प्रमुख एवं स्याङजाका तालिम संयोजक राधाकृष्ण डुम्रे,कार्यक्रममा पत्रकार टिकाराम अधिकारी सहभागीका तर्फवाट खेम भ्टराई लगायतले बोल्नुभएको थियो । 
सिटुटेकका गण्डकी प्रदेश प्रमुख एवं क्षेत्रिय तालिम संयोजक राधाकृष्ण डुम्रेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन संस्थाका राष्ट्रिय अनुगमन अधिकृत कमल प्रसाद भट्टराईले गर्नु भएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...