अहिले तरंगमा

Bhanchhin Aama

केहि छिनमा

Khulduli.com

समाचार

सिप बिनाको शिक्षाको औचित्य छैन्

 
रेडियो आँधीखोला,
वालिङ, ८ माघ ।
गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले सिप बिनाको शिक्षाको औचित्य नभएको बताउनु भएको छ । स्याङ्जाको बिरुवा गाउँपालिका २ मोचाबारीमा रहेको जामुने डाडाँ माबिमा संचालन गरिएको महापुराण तथा शैक्षिक महोत्सबको छैटौ दिन मंगलबार मुख्य मन्त्री गुरुङले शिक्षा निती परिवर्तनको लागि प्रदेश सरकार सक्रिय रहेको बताउनुभयो । 
 
५ बर्षमा हरेक पालिकामा सिप सहितको शिक्षा सुरु हुने बताउदै मुख्य मन्त्री गुरुङले सरकारले जागिर नदिएपनि आफ्नो जिबिकोपार्जन अगाडी बढाउन सक्ने शिक्षा लागु गर्न थालेको बताउनुभयो । माध्यमिक तह सम्मको शिक्षाको अधिकार स्थानिय सरकारको रहेको बताउदै मुख्य मन्त्री गुरुङ्ले शिक्षाको सबै काम स्थानिय सरकारले गर्ने बताउनुभयो । 
 
कार्यक्रममा नेकपा प्रदेश सभा सदस्य शैलेन्द्र घिमिरे, जिल्ला समन्वय समितका उपप्रमुख दिलिप बगाले, गाउँपालिका अध्यक्ष चुन प्रसाद गुरुङले मन्तब्य राखेका थिए । शैक्षिक महोत्सबमा कथा शिरोमणी पण्डित दिपक प्रसाद पौडेलले कथा बाचन गर्नु भएको छ ।  शैक्षिक महोत्सब बालिबिज्ञान प्राबिधिक शिक्षालय निर्माण तथा जनजातीको भाषा संरक्षण गर्ने उदेश्य सहित महापुराण तथा शैक्षिक महोत्सबको आयोजना गरिएको हो ।  माघ ३ गतेबाट सुरु गरिएको शैक्षिक महोत्सब माघ ११ गते सम्म संचालन हुने महोत्सब संचालन प्रचार प्रसार संयोजक सागर थापाले जानाकारी दिनुभयो । 
 
यसैबीच गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङ्ले बिरुवा चौकीको अबलोकन गर्नु भएको छ ।  बिरुवा १ मा जिर्ण अस्थामा रहेको चौकीको स्त्तरोउन्नती गर्ने उदेश्यले मन्त्री गुरुङ्ले अबलोकन गर्नु भएको हो ।  त्यस्तै स्वास्थ्यमा प्रदेशको स्त्तरोन्नती गर्ने लक्ष्य अनुसार पुतलीबजार नगरपालिका १ मा रहेको जिल्ला अस्पताको मन्त्री गुरुङ्ले अबलोकन गर्नु भएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...