अहिले तरंगमा

Sajha Sawal

केहि छिनमा

Songs

समाचार

अचानक माथिबाट ढुङ्गा खस्दा चालकको मृत्यु, अन्य २ जना भने सकुसल

रेडियो आँधीखोला,
वालिङ, ८ माघ ।
स्याङ्जाको वालिङ नगरपालिका १३ सिद्धार्थ राजमार्ग अन्र्तगत गाहाखोला नजिकै गुडिरहेको ट्रकमाथि अचानक ढुङ्गा खस्दा चालकको मृत्यु भएको छ । मंगलबार वालिङबाट बुटवलतर्फ जाँदै गरेको ग १ क ३७७२ नम्बरको ट्रकमाथि भीरबाट खसेको ढुंगाले लाग्दा चालक पुतलीबजार नगरपालिका ३ का २८ वर्षीय प्रेम शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक एवं सुचना अधिकृत प्रकाश विष्टले बताउनुभयो । 
ढुङ्गाले खस्दा घाईते भएका शर्माको गह्रौ घ्याङलीङ प्राथामिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको विष्टले बताउनुभयो । चालक सहित ३ जना सवा रहेको ट्रकमा अन्य २ जना भने सकुसल रहेको प्रहरीले जनाएको छ । पुतलीबजार २ का १७ वर्षीय  राजकुमार पौडेल र अर्जुनचौपारी गाउँपालिका १ का २२ वर्षीय राजन बिक भने सकुसल रहनुभएको छ । ढुङ्गाले ड्राईभर साईडको भाग सिधै खस्दा चालक घाईते भएका थिए । ड्राईभर साईडको भाग सबै कुच्चिएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...