अहिले तरंगमा

Sajha Sawal

केहि छिनमा

Songs

समाचार

छाङछाङदीमा निशुल्क ३ महिने शिलाईकटाई तालिम

रेडियो आँधीखोला,
वालिङ, ८ माघ ।
भीरकोट नगरपालिका वडा नं. ४ छाङछाङदीमा निशुल्क ३ महिने शिलाईकटाई तालिमको  शुभारम्भ गरिएको छ । भीरकोट नगरपालिकाले महिलाहरुलाई सिप प्रदान गरी आर्थिक रुपमा सक्षम बनाउने उद्देश्यले तालिमको आयोजना गरेको हो । तालिमको उद्दघाटन गर्दै भीरकोट नगरप्रमुख छायाराम खनालले तालिमलाई जिवन उयोपगी बनाउन सहभागिहरुलाई आग्रह गर्दै तालिमलाई सार्थकता तुल्याउन सुझाउनुभयो । 
 
साथै प्रमुख खनालले तालिम पश्चात व्यवसायिक रुपमा अगाडि बढ्ने चाहानेहरुलाई समेत नगरपालिकाले शिलाईकटाई मेसिनका लागी ५० प्रतिशत अनुदान दिने बताउनुभयो । घरमै बसी बसी सीप प्रयोग गरेर महिलाहरुलाई  सक्षम बनाउनका लागी समेत सिपमुलक तालिम दिईएको उपप्रमुख सिमा केसीकर्माचार्यको भनाई थियो । कार्यक्रममा छायाँक्षेत्र सेवा समितिका अध्यक्ष पिताम्बर श्रेष्ठ, नेकपाका डोलराज ढुङ्गाना, समाजसेवी डिलबहादुर श्रेष्ठ, छाङछाङदी आधारभुत विद्यालयका प्रधानाध्यापक रमेश पौडेललगायतले बोल्नुभएको थियो । वडाका ३० जना महिलाहरुको सहभागिता रहेको तालिममा बिमला काफ्लेले सजहीकरण गर्नुहुनेछ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...