अहिले तरंगमा

Sajha Sawal

केहि छिनमा

Songs

समाचार

वालिङ महोत्सवको तयारी तिव्र, सजावट उपसमिति टोल–टोलमा

रेडियो आँधीखोला,
वालिङ, ८ माघ ।
सातौँ वालिङ महोत्सव तथा गण्डकी प्रदेशस्तरीय औद्योगिक, कृषि, पर्यटन, सांस्कृतिक, सूचना प्रविधि एवं शैक्षिक प्रदर्शनी तथा व्यापार मेलाको लागी १० दिन बाँकी रहँदा महोत्सव सफलताको लागी गठित विभिन्न उपसमितिहरुले तयारी तिव्र पारेका छन् । मंगलबार सजावट व्यवस्थापन उपसमितिले बजारका विभिन्न टोलमा पुगेर छलफल गरेको छ । वालिङ ८ को केदारनाथ टोल, गरिमाचोक, भिआईपि टोल, नयाँ बजार र पिपलबोट टोलमा टोल भेला गरिएको छ । भेलामा आमा समुह तथा स्थानीयको सहभागिता रहेको थियो । भेलामा सहभागिहरुले महोत्सवलाई सफलतापुर्वक सम्पन्न गर्नका लागी आ–आफ्नो टोल सजावटका  लागी अनुरोध गरिएको सजावट उपसमितिकी संयोजक सरिता पौडेलले बताउनुभयो ।  
वालिङ १ त्रियाशीदेखि रामबाच्छा, मिर्दि, जैसि पँधेरा, वालिङमोड, भिआईपि टोल, बोलबम टोल, बैंक रोड, तल्लो वालिङ, भुम्रे भकुण्डे, मोदीखोला, हुँदै बायाँटारी सम्म बजार सजावट गरिने जनाईएको छ । सजावटलाई थप व्यवस्थित गर्दै बजार आर्कषक बनाउनका ९ गतेसम्म विभिन्न टोलमा गई टोल भेला मार्फत सजावटका  लागी अनुरोध गरिनेछ । मेला अवलोकनका लागी आउने दर्शकलाई बजार सजावटले स्वागत गर्नेछ । हरेक टोलमा स्वागत गेट निर्माण तथा बजारलाई ध्वजापतकाले श्रृंगारिनेछ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...