अहिले तरंगमा

BBC

केहि छिनमा

Bhanchhin Aama

समाचार

७९ किलोमिटर सिद्धार्थ राजमार्गको सफाई

news

रेडियो आँधीखोला,
वालिङ १२ माघ ।
स्याङ्जाको फेदिखोलाको कुभिण्डेदेखि प्रदेश नम्बर ५ को प्रदेशद्धार रामनदी धाम सम्मको सिद्धार्थ राजमार्ग सरसफाई अभियान शुरु गरिएको छ । जिल्ला समन्वय समिति स्याङ्जा र समुदाय प्रहरी सझेदारी जिल्ला समितिले सिद्धार्थ राजमार्ग अन्तर्गतका पालिकाहसगँ समन्वय गर्दै शनिबार अभियान मार्फत सिद्धार्थ राजमार्ग सफाई गरेको हो । 
बजार क्षेत्रमा सरसफाई भईरहेपनि बजार नभएका खाली भागहरुमा फोहोर रहेको भन्दै सरसफाई अभियानको आयोजना गरेको जिल्ला समन्वय समितिका प्रमुख सिता कुमारी सुन्दासले बताउनुभयो । समन्वयले जिल्ला प्रशासन कार्यालय, फेदिखोला गाउँपालिका, पुतलीबजार, भीरकोट, वालिङ र गल्याङ नगरपालिका, खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति, जिल्ला ट्राफिक प्रहरी, यातायात व्यवसायी समिति, रेडक्रस, तथा सरोकारवालासंग समन्वय गर्दै राजमार्ग सफाई गरेको हो । 
स्याङ्जाको सभ्यतासंग जोडिएको सिद्धार्थ राजमार्ग सफा र  व्यवस्थित बनाउने, संरक्षण गर्ने भन्दै ५ पालिकासंग समन्वय गर्दै आ–आफ्नो सिमानासम्म सरसफाई गरिएको सुन्दासले बताउनुभयो । स्याङ्जासंग जोडिएको सभ्यताको संरक्षण र प्रर्वद्धन गर्नु सबैको कर्तव्य रहेको  बताउदै प्रमुख सुन्दासले भन्नुभयो —“हामी हाम्रा सभ्यता र पहिचानको संरक्षणमा जुट्नुपर्छ ।” बजार क्षेत्रमा पछिल्लो समय पालिकाहरुले सरसफाई अभियान मार्फत सफा गरिए पनि घरबस्ती नभएका खाली भागहरुमा, सडका छेउ तथा नालीहरु फोहोर रहँदै आएको थियो । 
सवारी साधनबाट फालिएका पानीका बोतल, जंक फुडका खोलहरु तथा बोमिटिङका प्लाष्टिकहरुले फोहोर बनाएको गुनासो आउने गरेको बताउदै सुन्दासले यातायात व्यवसायी समितिहरुलाई प्रत्येक सवारी साधनभित्रै डष्टविन राखेर फोहोर संकलन गर्न सचेत गराईएको बताउनुभयो । प्रत्येक पालिकाहरुले आ–आफ्नो क्षेत्रमा फोहोर विर्सजन गर्ने डष्टविन राखेपछि सवारीमा भरिएका डष्टविनहरुलाई विर्सजन गर्न सकिने फेदिखोालका अध्यक्ष घनश्याम सुबेदीले बताउनुभयो । 
उहाँले स्वच्छ स्याङ्जा स्वस्थ स्याङ्जाली नारालाई सार्थकता दिनका लागी वातावरणीय स्वाच्छता हुनु आवश्यक  रहेको बताउनुभयो । कुभिण्डेदी शुरु गरिएको सरसफाई अभियानमा समन्वय प्रमुख सिता सुन्दास, प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, प्रहरी नायव उपरिक्षक प्रकाश विष्ट लगायतले नेतृत्व गर्नु भएको थियो भने समन्वय उपप्रमुख दिलिपकुमार बगालेको नेतृत्वमा राम्दीदेखि सफाई अभियान चलाइएको थियो । 
सरसफाई कार्यक्रममा बालकदेखि बृद्धसम्मको सहभागिता रहेको थियो भने ९० सवारी साधनमा समुदाय प्रहरी साझेदारी स्टीकर टाँस, एक सय ८० चालक सहचालकलाई सवारीका फोहोर व्यवस्थापन, ४ सय ५० यात्रुलाई जथाभावी  फोहार नफाल्न सचेत गराईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले बताउनुभयो । कुभ्ण्डिे देखि राम्दी सम्मको ७९ किलोमिटर सिद्धार्थ राजमार्ग सरसफाई अभियानमा करिब २ हजार २ सय सहभागिता जनाएको समन्वय उप प्रमुख दिलीप बगालेले बताउनुभयो ।  उहाँले अभियान एक दिन मात्र नभई सधै भरि संचालन गर्ने गरि सांलन गरिएको बताउनुभयो । सातौँ वालिङ महोत्सवको मुखैमा गरिएको यो राजमार्ग सरसफाई अभियानले स्वच्छताको सन्देश प्रवाह गर्ने समेत देखिन्छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...