अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

भाग्योदय मावि भीरकोट ६ उजेलीडाँडाको ४३औँ वार्षिकोत्सव

news

रेडियो आँधीखोला,
वालिङ १२ माघ ।
भाग्योदय मावि भीरकोट ६ उजेलीडाँडाको ४३औँ वार्षिकोत्सव तथा अभिभावक दिवससम्पन्न भएको छ । वार्षिकोत्सवको उद्दघाटन गर्दै गण्डकी प्रदेशका विधायन समिति सभापति एवं सांसद मोहन रेग्मीले प्राविधिक तथा सिपयुक्त शिक्षा नै आजको आवश्यकता रहेको बताउनुभएको छ । सांसद रेग्मीले प्रमाणपत्रमा मात्रै सिमित रहँने शिक्षा भन्दा व्यवहारिक र सिपयुक्त शिक्षाले बालबालिकालाई आत्मनिर्भर बनाउने बताउनुभयो । साथै सांसद रेग्मीले विद्यालयलाई प्राविधिक धारको विद्यालय बनाउनको निम्ति प्रदेशसरकारबाट पहल गर्ने भन्दै विद्यालयले विगतका दिनदेखि नै शिक्षाको क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नुभयो । 
कार्यक्रममा सांसद मेखलाल श्रेष्ठ, संस्थापक प्रधानाध्यापक तोयनाथ अर्याल, विद्यार्थीद्धोय विपना सेन र यामप्रसाद खनाललगायतले बोल्नुभएको थियो । विद्यालय  व्यवस्थापन समितिका अध्यक्ष एवं भीरकोट नगरप्रमुख छायाराम खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत सहायक प्रधानाध्यापक हिमलाल खनाल र सञ्चालन शिक्षक रेशमलाल खनालले गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रेशमप्रसाद रेग्मीले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्नुभएको शिक्षक दिपक पराजुलीले जानकारी दिनुभयो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...