अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

समृद्ध नेपाल निर्माणमा केन्द्रित छौँ ः पुर्वप्रधानमन्त्री प्रचण्ड

news

कला राना, 
वालिङ १७, माघ ।
पुर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट  पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वकै ऐतिहासिक भएको दावी गर्नुभएको छ । स्याङ्जाको वालिङमा बिहिबारदेखि शुरु भएको सातौँ वालिङ महोत्सवलाई उद्दघाटन गर्दै पुर्वप्रधानमन्त्री एवं अध्यक्ष दहालले धेरै लामो त्याग र तपस्यापछिको शान्त्री प्रक्रियाले विश्वलाई चकित तुल्याएको दावी गर्नुभएको हो । समृद्ध नेपाल निर्माणका लागी यो समय ७० वर्षकै ऐतिहासिक रहेको भन्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “राजनितिक विवाद र प्रश्नको समाधान भईसकेको छ, समृद्धिमा केन्द्रित छौँ” २००७ र २०४६ सालमा सिस्टम परिर्वतन गर्ने कुरा थिएन्, उहाँले भन्नुभयो । गणतन्त्रात्मक संघियतालाई संस्थागत गरी विकास र समृद्धिमा सरकार प्रतिवद्ध रहेको उहाँको भनाई थियो । 
विकासमा सत्ता पक्ष र प्रतिपक्षी भन्न नहुँने भन्दै उहाँले भन्नुभयो, “नयाँ पिडिँलाई कुन किसिमको नेपाल दिने, कस्तो संस्कार दिपने, कस्तो सिस्टम दिने भन्ने सरकारको काँधमा रहेको छ ।” हिलो छ्यापाछापको समय नभएको भन्दै अध्यक्ष प्रचण्डले राष्ट्रिय एकता अझै आवश्यक रहेको उहाँले बताउनुभयो । विचाराधिन राजनितिको बहस एक ठाँउमा रहेको भन्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “यतिबेला जनता र इतिहासले दिएको म्यान्डेट समृद्धि र विकास को नै हो ।” आँधीखोला उच्च परियोजना निर्माणका लागी प्रधानमन्त्री केपी शर्मा ओलीसंग छलफल गर्ने भन्दै अध्यक्ष प्रचण्डले परियोजनाको छिटै डिपिआर तयार हुने आश्वासन दिनुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, “देशभित्र रहेका पुँजीपतीहरुलाई यहीँ लगानी गर्ने, उत्पादन गर्ने, उद्योग खोल्ने  वतावरण सृजना गर्न आवश्यक छ ।” निजि क्षेत्रको सहकार्य विना सरकारी क्षेत्रले मात्रै समृद्धिको सपना पुरा गर्न  नसक्ने प्रचण्डको भनाई थियो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...