अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

सुर्य अस्त नेपाल मस्त ः कागे्रस प्रवक्ता शर्मा

news

कला राना, 
वालिङ १७, माघ ।
नेपाली कागे्रसका प्रवक्ता विश्वप्रकाश शर्माले देश बनाउने जिम्मा सरकार एक्लैको मात्र नभएको बताउनुभएको छ । स्याङ्जाको वालिङमा सातौँ महोत्सवका अवसरमा बोल्दै प्रवक्ता शर्माले प्रतिपक्षीको रुपमा रहेको नेपाली कागे्रँस समेत सरकारको सकरात्मक कार्यमा साथमै रहेको भन्दै देश बनाउनका लागी मतदाता तथा प्रत्येक नागरिक समेत संयम हुनुपर्ने बताउनुभयो । 
प्रवक्ता शर्माले भन्नुभयो, “हामीकहाँ देश बनाउने जिम्मा प्रधानमन्त्री, मन्त्री, संसदको मात्रै हो भन्ने पितृसतात्मक सोँच छ, यसलाई बदल्नुपर्छ ।” साथै प्रवक्ता शर्माले नविन नेपाल निर्माणका लागी सिहंदरबारलाई समेत अल्मलिने छुट नभएको भन्दै ईतिहासलाई कायापलट गर्ने अवस्थामा मुलुक प्रवेश गरेको बताउनुभयो । सकारले संस्कार बसाल्दै सबैलाई समन्वय गर्ने क्षमताको विकास गर्दै शान्तीलाई दिगो बनाउने संकल्पका साथ अगाडि बढ्नुपर्ने प्रवक्ता शर्माको भनाई छ । प्रमुख अतिथिको आसनमा रहनुभएको प्रचण्डलाई प्रवक्ता शर्माले महोत्सवका सबै युवाहरुलाई आफ्नै छोरा प्रकाशको रुपमा हर्दै तपाईको भविष्य यहीँ छ  भन्ने वातावरण सृजना गर्नुपर्ने बताउनुभयो । विश्वका विकसति मुलुकहरु रातदिन खटिएका कार्य गरिहको उल्लेख गर्दै प्रवक्ता शर्माले भन्नुभयो, “सुर्य अस्त नेपाल मस्त, हामी नेपाली रातीमा समेत जाग्नुप¥यो ।” 
उता नेपाली कागे्रस क्षेत्र नं. २ को आयोजनामा वालिङ पार्टी कार्यालयमा गरिएको कार्यकर्ता भेटघाट कार्यक्रममा प्रवक्ता शर्माले अव कागे्रस नयाँ संकल्पका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो । प्रवक्ता शर्माले भन्नुभयो, “समयअनुसार जो बदलिन्छ उ पार्टीको नेतृत्व लिन्छ जो बदलिन सक्दैन उसले विदा लिनु पर्छ” पार्टीभित्रका पाकाको अनुभव र युवाहरुको जोसजाँगरलाई गाँसेर नविन कागे्रस बनाउनुपर्ने बताउनुभयो । 
कार्यकर्ताहरुलाई एक ढिक्का भएर पार्टीलाई सशक्त बनाउन आग्रह गर्नुभयो । नगरकार्यबहाक सभापति भिमलाल सुवेदीको स्वागतसंगै शुरु भएको कार्यक्रममा क्षेत्रिय सभपाति अर्जुनप्रकाश अर्यालको सभापतित्व र सञ्चालन सचिव दामोदर लम्सालले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...